मंगलबार, जेठ १
०१:२४

महिला साकोसको आयोजनामा निःशुल्क आँखा शिविर

बिहीबार, मंसीर २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । इटहरीस्थित महिला साकोसको वार्षिक कार्ययोजना बमोजिम  मंसिर २८ गते बिहिबार इटहरी-३ पुरण चोकस्थित पुरण चोक सेवा केन्द्रको आयोजना तथा संस्थाका संचालक सदस्य एवम् पुरण चोक सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक गितादेबी आचार्यको संयोजकत्व तथा नवदृष्टि आँखा अस्पताल, इटहरी, सुनसरीको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । १ सय ७१ जनाको उपस्थितिमा सम्पन्न शिविरमा १ सय ३७ जनाले निःशुल्क आँखा परिक्षण तथा निःशुल्क औषधी सेवा प्राप्त गर्नुभएको थियो । मोतिबिन्दुको समस्या देखिएका ११ जना बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा समेत लिएको साकोसले जनाएको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।