बुधबार, जेठ २
०१:३४

‘क्यूमेल्स’ को तेस्रो एपिसोड सञ्जाल व्यवस्थापनमा केन्द्रीत हुने

बिहीबार, मंसीर २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गतको तेस्रो एपिसोड सञ्जाल व्यवस्थापनका विषयमा केन्द्रीत हुने भएको छ । आउँदो जनवरी १, २०२४ (पुस १६) मा ठीक ११ बजे आयोजना हुने उक्त भर्चुअल कार्यक्रममा सबल र सुदृढ साकोस अभियानको लागि दिगो उपाय सावित भएको सञ्जाल व्यवस्थापनको आवश्यकता र महत्वबारे सिकाइ आदानप्रदान हुनेछ । साकोस अभियानको सञ्जाल ब्यवस्थापनको विषयलाई नेफ्स्कूनले उच्च रणनीतिक महत्व प्रदान गर्दै आएको छ । 

आगामी एपिसोडमा सञ्जाल व्यवस्थापनबारे एशियाली ऋण महासंघ (आकू) का चीफ टेक्निकल अफिसर रञ्जित हिताराची र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहजीकरण गर्नुहुनेछ । स्मरणीय छ, एशियाली ऋण महासंघ (अकू) ले पनि सञ्जाल व्यवस्थापनलाई रणनीतिक महत्व दिएको छ । सञ्जाल व्यवस्थापनको माध्यमबाट नै साकोस अभियानको सबलीकरण र सुदृढीकरण सम्भव भएको विश्वास अकू र नेफ्स्कूनले लिदैं आएका छन् । सञ्जाल व्यवस्थापनको विषयमा एशियाली ऋण महासंघका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका हिताराचीको विज्ञता रहेको छ ।नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले अंग्रेजी महिना नोभेम्बरबाट क्यूमेल्स श्रृङ्खला सुरु गरेको हो । प्रत्येक अंग्रेजी महिना आयोजना हुने सिकाइ कार्यक्रमको पहिलो श्रृङ्खला नोभेम्बर २ मा आयोजना गरिएको थियो भने दोस्रो एपिसोड डिसेम्बर १ मा आयोजना गरिएको थियो । 

सहभागितात्मक विधिबाट सञ्चालन गरिने उक्त निःशुल्क कार्यक्रममा प्रश्नोत्तरका माध्यमबाट जिज्ञासाहरुको सम्बोधन समेत गरिनेछ । वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुलाई समसामयिक र नवीन विषयहरुमा अन्तर्राष्ट्रिय विज्ञहरुबाट व्यावहारिक समाधानसहितको सिकाइ  उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूनले पहिलो पटक यस किसिमको श्रृङ्खला सुरु गरेको हो । 
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।