मंगलबार, जेठ १
०७:५३

नेफ्स्कून–जाईका प्रतिनिधिबीच भेटवार्ता

मंगलबार, मंसीर २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) का प्रतिनिधिबीच आज भेटवार्ता भएको छ । संघको केन्द्रीय कार्यालयमा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन टोली तथा जाइका अन्तर्गत जापान इकोनोमिक रिसर्च इन्स्टिच्यूटका प्रमुख परामर्शदाता हिरोफुमी अजेटा तथा जाइका नेपालका प्रतिनिधि राजु श्रेष्ठले भेट गरी अन्तरक्रियात्मक छलफल गर्नुभएको हो । सन् १९७४ मा स्थापना भएको जाईकाले गरिबी निवारण, आर्थिक विकास, सुशासन सुदृढीकरण, जलवायु परिवर्तन आदिका क्षेत्रमा नीतिगत विकास तथा अनुकूल वातावरण तयार पार्न आर्थिक एवम् प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

भेटमा दुई निकायबीच सहकार्य र सम्बन्ध विस्तारका विषयमा खुला छलफल भएको थियो । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले सन् १९८८ मा स्थापना भएको नेपाली सहकारी अभियानको जेठो संघ नेफ्स्कूनले समुदायका विपन्न पिछडिएका र अल्पसंख्यक समुदायको सामाजिक आर्थिक तथा साँस्कृतिक उन्नयनका लागि सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित रहेर सदस्य संस्थाहरुमार्फत गरेका कामहरुबारे संक्षिप्तमा अवगत गराउनुभएको थियो । साथै उहाँले नेफ्स्कूनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा पहुँचसँगै कारोबारबारे पनि चर्चा गर्नुभएको थियो । 

भेटमा जाईकाका लागि प्रमुख परामर्शदाता अजेटाले नेफ्स्कूनको गतिविधि र योगदानबारे जानकारी पाएकोमा प्रशंसा व्यक्त गर्दै नेपालमा विगत लामो समयदेखि सरकार तथा अन्य निकायसँग काम गर्दै आएको जाईकाले आगामी दिनमा नेफ्स्कूनसँग पनि सहकार्य गर्न सक्ने सम्भावना व्यक्त गर्नुभयो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।