मंगलबार, जेठ १
०५:१५

सहकारी विभागको रजिष्ट्रारमा पिताम्बर घिमिरे 

मंगलबार, मंसीर २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी पिताम्बर घिमिरेले पाउनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन महाशाखामा रहनुभएका घिमिरेलाई विभागको रजिष्ट्रारको जिम्मेवारी दिइएको हो । विभागका रजिष्ट्रार नमराज घिमिरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि रिक्त रजिष्ट्रारमा मन्त्रालयबाट घिमिरेलाई ल्याइएको हो । पूर्व रजिष्ट्रार नमराज घिमिरेले २०७९ माघ २६ गते सहकारी विभागको रजिष्ट्रारको रुपमा पदबहाली गर्नुभएको थियो ।

यसैबीच, नयाँ रजिष्ट्रार घिमिरेले हिजो नै पदबहादली गर्नुभएको छ ।  गुल्मी तम्घासका घिमिरेले भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशकको रुपमा पनि काम गरिसक्नुभएको छ । २०७५ सालमा सुदूर पश्चिम प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव रहनुभएका घिमिरेले गृह मन्त्रालयत मातहत रहेर दैलेख, पर्सा, नवलपुर, रुपन्देही लगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को रुपमा समेत अनुभव बटुलिसक्नुभएको छ ।

पछिल्लो पटक सरकारले ७१ जना सहसचिवको एकैपटक सरुवा गरेको थियो । सरुवाको सोही सूचीमा पूर्व रजिष्ट्रार नमराज घिमिरेको पनि नाम समावेश थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको थियो । 
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।