बिहीबार, वैशाख २०
१०:५४

गोरखाका दुई साकोसले लिए नेतृत्व क्षमता विकास तालिम

आईतबार, मंसीर २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । गोरखकाली बचत तथा ऋण सहकारी संस्था लि. गोरखा र गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लि. गोरखाको आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई साकोसका नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति एवम् उपसमितिहरुको लागि नेतृत्व क्षमता विकास तालिम गोरखाको सदरमुकाममा मंसिर २३ गते सम्पन्न भएको छ । 

तालिमको उद्घाटनमा गोरखा नगरपालिकी उपप्रमुख मसलीमाया थोकर (सपना पुन) ले सहकारीको विकास र वृद्धिको लागि स्थानीय सरकारले गर्नु पर्ने सहयोग गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो । सहकारी सञ्चालन र व्यवस्थित गर्न समिति र उपसमितिहरुले निरन्तर सिकाइलाई प्राथमिकतामा राखी स्वयंसेवी भावका साथ काम गर्नु पर्ने उहाँले बताउनुभयो । सहकारीहरुले नीति तथा कार्यक्रम निर्माण गर्दा सदस्य केन्द्रित भएर गरेको खण्डमा विचलन नआउने उपप्रमुखले बताउनु भयो । 

तालिममा सहकारी मुल्य मान्यता सिद्धान्त, सहकारी व्यवसायको विकास विस्तारमा सञ्चालक समितिको काम कर्तव्य अधिकार, सहकारी दिगोपाना र सुशासन कायम गर्नको लागि लेखा सुपरिवेक्षण समितिको भूमिका, सहकारी विकासका सञ्जालको भूमीका लगायतको विषयमा समूह छलफल, मस्तिष्क मन्थन, प्रश्नत्तोर आदि विधिबाट सहजीकरण गरिएको थियो ।  

तालिममा २ वटा सहकारीका गरी ३७ जनाको सहभागिता थियो  । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो । २ दिने तालिमबाट सहकारी सञ्चालनका तौर तरिका, सञ्चालक समितिको काम, कर्तव्य अधिकारबारे राम्रो बुझाइ भएको भन्दै सहभागीहरुले तालिम प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गरेका थिए । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र