शुक्रबार, वैशाख २१
०६:१४

संकल्प साकोसको 'असल कारोबारी सँगसँगै संकल्प' कार्यक्रम सम्पन्न

आईतबार, मंसीर २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चपुर । रौतहटको चन्द्रपुर नगरपालिकास्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लि. ले असल कारोबारी सँगसँगै संकल्प भन्ने विषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा साकोसमा बचत गर्नुपर्ने कारण , बचतको औचित्य र प्रक्रिया, ऋण लगानी, ऋणको सदुपयोगिता, ऋण शिर्षकको उपयोगिता, ऋणको औचित्य, धन सृजना गर्ने प्रक्रिया आदि बारे प्रकाश पारिएको थियो ।

कार्यक्रम ऋण उप समिति संयोजक कृष्ण चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियोे भने साकोसका अध्यक्ष बिभु कुमार पोखरेल र लेखा सुपरिवेक्षण समिति संयोजक गणेश पौडेलले संस्थाका गतिविधि, बिषयबस्तुमा केन्द्रित भएर प्रस्तुति गर्नु भएको थियो भने कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै संचालक अबधेसहरी भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

व्यवस्थापक हरि प्रसाद तिमल्सिनाले ऋण परिचालन, यसका जोखिम, कानुनी अबस्था बारे प्रकाश पार्नु भएको थियो ।सहभागीबाट आफ्ना अनुभूति ,सफलताका कथा ,संस्थाले गरेको सहयोग, संस्थाले आगामी दिनमा गर्नुपर्ने कार्य बारे ११ जना सदस्यले आफ्नो धारणा राख्नु भएको थियो । ६३ जनाको सहभागिता रहेको कार्यक्रम कोषाध्यक्ष बलराम प्रसाद गौतमले सञ्चालन गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र