सोमबार, वैशाख १७
०४:०२

नेफ्स्कून र इन्डोनेसियाली विश्वविद्यालयबीच शैक्षिक सहकार्यको समझदारी

बिहीबार, मंसीर २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र इन्डोनेसियाको विद्यातमा विश्वविद्यालयबीच शैक्षिक सहकार्यको समझदारी भएको छ । मानव संशाधन विकास, आपसी चासोका विषयमा सहकार्यात्मक अनुसन्धान, शैक्षिक एवम् प्राज्ञिक सूचना, जानकारी लगायतका सामाग्रीहरुको आदानप्रदान आदि विषयमा नेफ्स्कून र विद्यातमा विश्वविद्यालयबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यही नोभेम्बर ५ मा ५ वर्षका लागि भएको द्धिपक्षीय समझदारी पत्रमा नेफ्स्कूनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, पीएचडी तथा विश्वविद्यालयको तर्फबाट रेक्टर प्राध्यापक डा. दादङसुगन्द एम. हम ले हस्ताक्षर गर्नुभएको छ । हाल ५ वर्षका लागि भएको समझदारीको समयावधि आपसी सहमतिमा पछि थप गर्न सकिने उल्लेख गरिएको छ । सझदारी पत्रमा समानता, पारस्परिकता तथा द्धिपक्षीय हितका आधारमा शैक्षिक सम्बन्ध विकास गरिने उल्लेख छ । नेफ्स्कूनले कुनै विदेशी विश्वविद्यालयसँग शैक्षिक एवम् प्राज्ञिक स्तरको समझदारी गरेको यो पहिलो पटक हो ।

पश्चिम जाभामा सन् १९७३ मा विद्यातमा फाउन्डेशनको नामबाट स्थापना भएको शैक्षिक संस्थाले सन् २००१ को अगष्ट २ बाट विद्यातमा विश्वविद्यालयका रुपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । विश्वविद्यालयले हाल ५ वटा संकाय अन्तर्गत १५ वटा विषयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।


आइएसओ मान्यताप्राप्त विश्वविद्यालयले अकाउन्टिङ, इन्जिनियरिङ, मानविकी, कम्युनिकेशन तथा भिजुअल डिजाइन र सोसियल तथा पोलिटिकल साइन्स संकायमा कक्षा सञ्चालन गर्दै आएको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र