सोमबार, वैशाख १७
०४:४६

रजत वर्ष मनाउँदै लुम्बिनी सुनवल साकोस

बिहीबार, मंसीर २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ केन्द्रीय कार्यालय रहेको लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. २५औं वर्ष प्रवेश गरेको छ । साकोसले १५ वटा रचनात्मक काम गरी रजत वर्ष मनाउने कार्यक्रम अघि सारेको छ । रजत जयन्तीका अवसरमा मंसिर २० गते भूमहीमा आयोजित कार्यक्रममा साकोसका अध्यक्ष लेखनाथ खरेलले बिशेष लोगोसहित विविध कार्यक्रमबारे सदस्य र सरोकारवालाहरुलाई जानकारी गराउनुभएको हो । उक्त अवसरमा अध्यक्ष खरेलेको संयोजकत्वमा ५१ सदस्यीय रजत जयन्ती मूल समारोह समिति घोषणा गरिएको थियो भने विविध सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

आगामी वर्ष मंसिर २० गते सम्मका लागि साकोसले रचनात्मक एवम् सृजनात्मक कार्यक्रम गर्न लागेको हो । संस्थाले मुख्य कार्यालय तथा सेवा कार्यालय रहेका क्षेत्रहरु आसपास दुई ठाउँमा बाजागाजासहित प्रभातफेरी, सरसफाइ, बालबचतकर्ताहरुका लागि वक्तृत्वकला वा हाजिरीजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, रक्तदान कार्यक्रम, नृत्य प्रतियोगिता, महिला तथा ज्येष्ठ सदस्य लक्षित स्वास्थ्य शिविर, युवालक्षित फुटसल कार्यक्रम, एवम् दुई स्थानमा सहकारी स्मारक निर्माण आदि कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

यसैगरी, साकोसको सबै कार्यालयहरुमा रजत जयन्ती लोगोको स्तम्भ बनाउने, लोगो अंकित टिसर्ट बनाउने, सदस्यको घरघरमा साकोसको स्टिकर टाँस्ने, वर्षभर सदस्य बन्न चाहनेलाई बिशेष छुट दिने, स्मारिका प्रकाशन लगायतका कार्यक्रम साकोसले सार्वजनिक गरेको छ । २०५६ साल मंसिर २० गते स्थापित साकोसमा हाल ८ हजार २ सय सेयर सदस्य, कुल सम्पत्ति १ अर्ब ४ करोड, १५६४ बालवचतकर्ता, ११ करोड ३० लाख बढी सेयर पुँजी, ८० करोड ७४ लाख बढी बचत, ७६ करोड ८८ लाख बढी ऋण लगानी रहेको छ । सुनवल साकोस पुँजी तथा सेयर सदस्यका आधारमा जिल्लाकै दोस्रो ठूलो सहकारी बन्न सफल भएको छ । यसबीचमा साकोसले एकीकरणमार्फत पनि आफ्नो सक्षमता विकास गरेको छ भने २०७६ साल माघ २८ गतेदेखि लुम्बिनी सुनवल साकोसको नामबाट सेवा प्रवाह गर्दै आएको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र