सोमबार, वैशाख २४
०७:५२

मकवानपुरमा 'ऋणको कानुनी प्रकृया तथा धितो मुल्याङ्कन तालिम' सम्पन्न

आईतबार, मंसीर १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

हेटौडा । नेफ्स्कून सदस्य सेवा कार्यालय मकवानपुरको आयोजनामा ऋणको कानुनी प्रकृया तथा धितो मुल्याङ्कन तालिम मंसिर १५ गते हेटौडा–५ मा सम्पन्न भएको छ । एक दिने तालिममा ३० वटा साकोसका २४ महिला समेत गरी ३७ जनाको सहभागिता थियो ।

तालिम समापनमा संघको मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजु गौतमले संस्थाले ऋण लगानी गर्दा नीति अनरुप कार्य गर्नुपर्ने साथ तालिममा सिकेका कुराहरु व्यबहारमा लागु गर्नुपर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्दाका समस्याहरुबारे यथेष्ट जानकारी राखी कसिलो नीतिगत व्यवस्था गर्नुपर्ने, ऋण सदुपयोगिता कार्यक्रमहरु संचालन गर्नुपर्ने तथा सदस्य भेटघाट कार्यक्रमलाई जोड दिनुपर्ने बताउनुभएको थियो ।  

नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकीले सहजीकरण गर्नुभएको तालिमको समग्र व्यवस्थापन संघको मकवानपुर सदस्य सेवा कार्यालयकी इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।