सोमबार, वैशाख २४
०६:०३

बागमती प्रस्कूनको तेस्रो साधारण सभामा ११ विधामा सम्मान

आईतबार, मंसीर १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को तेश्रो वार्षिक साधारणसभा मङ्सिर  १५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यता र संघका अध्यक्ष उद्दव सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो । 

सभामा नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार डिबी बस्नेत लगायतलाई सम्मानित गरिएको थियो । बागमती प्रोस्कूनले विभिन्न ११ विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो । 

सभामा प्रमुख अतिथि कडेलले महासंघले ‘भिजन २०३०’ सार्वाजनिक गरेको र  मुलुकमा रहेका ३० हजार सहकारी संस्थालाई एकीकरण मार्फत १० हजारमा झार्ने लक्ष्य लिएको जानकारी गराउनुभयो । उहाँले जीडीपी र वित्तीय पहुँचमा पनि सहकारीको हिस्सा बढाउने लक्ष्य लिएकाले सबै संस्थाहरुले सोही अनुरुप काम गर्न आग्रह गर्नुभयो । केही सहकारी संस्थाले गरेको गलत कार्यका कारण समग्र सहकारीप्रति अविश्वास बढेको भन्दै उहाँले सहकारीप्रति आम सदस्यको विश्वास जगाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । 

बागमती प्रदेश भित्रको सहकारी संस्थाको तथ्याङ्कको भरपर्दो श्रोतको अभावका कारण  सहकारी क्षेत्रले पुर्याएको योगदानको बारेमा यकिन तथ्याङ्क नरहेकाले राज्यसँग पैरवी गर्न कठिन भएकाले यस बर्ष तथ्याङक संकलन र सम्पादनको काम गर्ने योजना बनाएको संघका अध्यक्ष उद्दव सापकोटाले सभामा जानकारी गराउनुभयो ।

संघका महमसचिव जिवसराज खड्काले आर्थिक बर्ष २०७ र ९८० को  प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका कोषाध्यक्ष केशवप्रसाद दंगालले आर्थिक बर्ष २०७ र ९८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षेण समिति संयोजक देवप्रसाद त्रिपाठीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेफस्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।