मंगलबार, जेठ १
०२:२३

डीएसआईके टोलीद्वारा सहयोगी तथा चन्द्रागिरी साकोस भ्रमण

मंगलबार, मंसीर १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी जर्मन सेभिङ्स बैंक (डीएसआईके) का प्रतिनिधिहरु सम्मिलित टोलीले भक्तपुर र काठमाडौंका दुई वटा बचत तथा ऋण सहकारी संस्थाको भ्रमण गरी उनीहरुले सदस्य सेवामा गरेका कामबारे जानकारी लिएका छन् । ७ सदस्यीय डीएसआईके टोलीले भक्तपुर नगदेशस्थित सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि. तथा काठमाडौको चन्द्रागिरी नगरपालिका–७ थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को आज भ्रमण गरी विस्तृत अन्तरक्रिया गरेको हो । 

डिएसआईके जर्मनीमा रहेका बचत बैंक (सेभिङ्स बैंक) हरुको सञ्जाल हो । यसले हाल विश्वका ५८ मुलुकमा वित्तीय समावेशीकरण, वित्तीय साक्षरता, उद्यमशीलता, प्रविधिकरण आदि विषयमा तालिम शिक्षासँगै नीतिगत, प्राविधिक लगायतका सहजीकरण सेवा उपलब्ध गराउँदै आएको छ । डीएसआईकेको मुख्य उद्देश्य ‘वित्तीय समावेशिताका माध्यमबाट दिगो विकास’ रहेको छ । यसले सहकारीका केन्द्रीय निकायसँगै विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमार्फत बचत अभियान, वित्तीय साक्षरता, वित्तीय समावेशिता, प्रविधिकरण, गरिब तथा पिछडिएका वर्गहरुको उत्थानका लागि नीतिगत तथा प्राविधिक सहजीकरण सेवा उपलब्ध गराउँदै आएको छ ।

सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थामा बिहान भएको अन्तरक्रियात्मक छलफल कार्यक्रममा संस्थाका अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले जर्मन टोलीको भ्रमणले संस्थालाई सदस्य सेवामा थप सक्रिय भएर लाग्ने हौसला मिलेको बताउनुभयो । नेफ्स्कूनका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले यस प्रकारको वैदेशिक टोलीको भ्रमणले असल अन्तर्राष्ट्रिय अभ्यासहरु आदानप्रदान हुने भन्दै संस्थाको विकासमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो । उक्त अवसरमा संस्थाको इतिहास, वर्तमानसँगै भावी योजनाहरुबारे संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजक उषा प्रजापतिले टोलीलाई जानकारी गराउनुभएको थियो ।

यसैगरी, चन्द्रागिरी साकोसको हालसम्मको उपलब्धि र भावी योजना बारे भिडियो तथा पावर पोइन्ट प्रस्तुतिमार्फत जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर, लेखा सुपरिवेक्षण समिति संयोजक भानुप्रकाश ढकाल, प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत कबिन्द्र धौबञ्जार लगायतको उपस्थिति रहेको थियो । 

साकोसका लेखा सुपरिवेक्षण समिति संयोजक ढकालले यस प्रकारको भ्रमणबाट सिकाइ आदानप्रदानसँगै सहकार्य र समन्वयको ढोका खोल्ने बताउनुभयो । संस्थाको गतिविधिबारे वैदेशिक टोलीलाई जानकारी गराउन पाएकोमा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो । संस्थाका प्रमुख कार्यकारी अधिृकत श्रेष्ठले संस्थाबारे प्रस्तुतिकरण गर्दै टोलीका विविध जिज्ञासा सम्बोधन गर्नुभएको थियो । टोलीले दुबै संस्थाको गतिविधिहरु अभिरुचिपूर्वक जानकारी लिनुका साथै थुप्रै जिज्ञासाहरु पनि राखेको थियो । नेपालमा साकोस अभियानमार्फत सदस्य र समुदायको हितमा भएका कामहरुबाट प्रभावित भएको भन्दै टोलीले नेफ्स्कूनमाफर्त रणनीतिक सहकार्यको अग्रसरता देखाएको छ । 

डीएसआईके टोलीको नेतृत्व डा.इलोन्का रुल स्टर्नले गर्नुभएको छ । साकोसहरुको अवलोकन भ्रमणमा नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहाल तथा सञ्चार अधिकृत रञ्जनमणि पौड्याल पनि सहभागी हुनुहुन्थ्यो ।

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।