मंगलबार, जेठ १
०४:२०

लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम सम्पन्न

सोमबार, मंसीर ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोग तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपुरको आयोजनामा २ दिवसीय लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम मंसिर ८ र ९ गते कावासोती नगरपालिको सभाहलमा सम्पन्न भएको छ । 

तालिममा नवलपुर जिल्लाको कावासोती नगरपालिका र देवचुली नगरपालिकाका गरी १७ वटा सहकारीबाट ३९ जनाको सहभागिता रहेको थियो । तालिममा लेखा सुपरिवेक्षण समितिको गठन, काम कर्तव्य र अधिकार भूमिका, आन्तरिक लेखा परिक्षण क्षेत्र आदि बारे तालिममा सहजीकरण गरिएको थियो ।  

संघका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता, कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता, सघका सह सचिव नारायण प्रसाद पौडेलको सहजीकरण, जिल्ला सहकारी संघ लि। का सचिव श्याम सुन्दर लामिछाने विशिष्ठ अतिथि, कावासोती सहकारी समवन्य मञ्चका अध्यक्ष कृष्ण राज सिग्देल, संघका लेखा सुपरिवेक्षण समिति सदस्य उदय राज भण्डारी रहेको कार्यक्रममा संघका उपाध्यक्ष बद्रीनाथ नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

तालिमका सहभागीहरुले लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य, अधिकार र भूमिकाको बारे प्रष्ट भएको भन्दै लेखा सुपरिवेक्षण समितिका  सल्लाह सुझाव सञ्चालक समितिले कार्यान्वय गर्दा संस्थामा जोखिम न्यूनीकरण हुने धारणा राख्नुभयो । तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।