बिहीबार, वैशाख २०
१०:४३

कनकलक्ष्मी साकोसको चौथो स्थापना दिवसमा सम्मान तथा पुरस्कार

सोमबार, मंसीर ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विराटचोक, मोरङ । ९ वटा सहकारी संस्था एकीकरण गरेर बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैँचा ७, मोरङले चौथो वार्षिक स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आइतबार सुन्दरहरैंचा ३ स्थित रणकाली मन्दिरको सभाहलमा कार्यक्रम आयोजना गरी संस्थाले २८ जना व्यक्ति र एउटा समूहलाई सम्मान गरेको हो । साकोसका अध्यक्ष नागेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कडेल प्रमुख अतिथि रहनुभएको थियो भने बिशिष्ट अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई रहनुभएको थियो ।

संस्थाले सहकारी अभियन्ता घनश्याम खतिवडा र स्वर्गीय कृष्णप्रसाद दाहाललाई सम्मान गरेको छ । फडानी साकोस लेटाङका पूर्व अध्यक्ष खतिवडा नेफ्स्कूनका पूर्व महासचिव समेत हुनुहुन्छ । त्यस्तै, कृष्णप्रसाद दाहाल कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रस्तावित अध्यक्ष हुनुहुन्थ्यो । ९ वटा संस्था एकीकृतको अन्तिम तयारी भइसकेपछि सवारी दुर्घटनामा निधन हुनुभएका दाहाल कनकलक्ष्मीमा एकीकृत भएको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य हुनुहुन्थ्यो । सो संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक हुँदै सञ्चालक समिति अध्यक्ष हुनुभएका  दाहाल क्रियाशील सहकर्मी हुनुहुन्थ्यो । दाहालको सम्मान पत्नी राधा दाहालले ग्रहण गर्नुभएको थियो । 

त्यस्तै, संस्थाले ५ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो । उहाँहरुलाई दोसल्ला, सम्मानपत्र र नगद १ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।त्यस्तै, विद्यावारिधि उपाधि प्राप्त गर्ने संस्थाका २ जना शेयर सदस्यलाई कार्यक्रममा सम्मान गरिएको थियो । सुन्दहरैंचा १२ का मोहनबहादुर तुम्बाहाङ लिम्बू र सुन्दरहरैंचा ३ का गणेशराज अधिकारी सम्मानित हुनुभएको हो । 

त्यस्तै असल ऋण कारोबार गर्ने ४६ जना ऋणीमध्ये गोलाप्रथाबाट ५ जनालाई सम्मानपत्र र १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । बढी रेमिट कारोबार गर्ने २ जनालाई सम्मान पत्र र नगद १ हजार ५ सय प्रदान गरिएको थियो । धेरै लाभांश प्राप्त गर्ने सदस्यहरुलाई पनि नगद १ हजार ५ सय र सम्मानपत्र प्रदान गरिएको थियो । अधिक संरक्षित पूँजी फिर्ता गर्ने ४ जना शेयर सदस्य पनि वार्षिक उत्सवमा सम्मानित हुनुभएको थियो । साकोसका ३५ वटा लघुवित्त समूहमध्ये उत्कृष्ट लघुवित्त समूह घोषित हुँदै गोदावरी महिला समूह सुन्दरहरैंचा ६ ले सम्मान पत्र र नगद ४ हजार रुपैयाँ प्राप्त गरेको थियो ।शेयर सदस्यका सन्तान वा शेयर सदस्य स्वयम मध्ये कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने ६ जनालाई कदर पत्र र नगद १ हजार ५ सय प्रदान गरिएको थियो ।

कार्यक्रममा साकोसका संस्थापक अध्यक्ष अर्जुनराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । सञ्चालक समिति उपाध्यक्ष मातृकाप्रसाद ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव अर्जुनकुमार तिम्सिनाले सञ्चालन गर्नुभएको थियो । संस्था स्थापना दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको मोबाइल बैंकिङ सेवा पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र