बिहीबार, वैशाख २०
११:३८

रौतहटको नवविकास साकोसले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने

आईतबार, मंसीर १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रौतहट । चन्द्रपुर नगरपालिकास्थित नवविकास बचत तथा ऋण सहकारी संस्था लि.ले प्रत्येक स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । गत वर्ष स्थापना दिवस मंसिर १० बाट रक्तदान कार्यक्रम सुरु गरेको साकोसले आफ्नो ऐतिहासिक महत्वको उक्त अवसर पारेर आयोजना गरिने रक्तदान जस्तो पुनित सामाजिक कार्यलाई प्राथमिकतासहित आयोजना गर्ने जनाएको छ ।

साकोसले अब प्रत्येक स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमलाई प्रमुख कार्यक्रमको रुपमा निरन्तरता दिने भएको छ । साकोसले स्थापना दिवस पूर्व मंसिर ८ गते आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जना पुरुष र बाँकी महिला गरी ४६ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुमध्ये २२ गैरसदस्य छन् । दुई वर्षमा गरी कुल १ सय २ पाउच (पाउण्ड) रगत संकलन भएको साकोसका व्यवस्थापक यज्ञ प्रसाइले जानकारी गराउनुभयो । यो वर्षमात्र ४६ पाउच रगत संकलन भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष रक्तदान गर्ने ११ जनाले यो पटक पनि रक्तदान गर्नुभएको छ । समयसमयमा विभिन्न अवसरमा रक्तदान गर्दै आउनुभएका संस्थाका सदस्य नवराज अधिकारीले १२औं पटक रक्तदान गरेको खुसी समेत साट्नुभयो ।

संस्थाले सामाजिक कार्यमा सहभागिता वृद्धि गर्न र अहिले धरैजसो दुर्घटना वा बिरामी हुदा रगत अभाव हुने गरेको भन्दै उक्त समस्या समाधानमा केही हदसम्म भएपनि सहयोग गर्न रक्तदान कार्यक्रमलाई उच्च प्राथमिकता दिएको व्यवस्थापक प्रसाइले बताउनुभयो ।

संकलित रकम नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र गौरमा राखिने र आवश्यक पर्दा सोसाईटीको रौतहट शाखमा सम्पर्क गरी नेपालको जुनसुकै स्थानमा उपलब्ध गराउन साकोसले समन्वय गर्ने उहाँले बताउनुभयो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रौतहट शाखासँगको समन्वयमा आयोजना गरिएको हो । २०६५ साल मंसिर १० गते ३५ जना सेयर सदस्यबाट स्थापित नवविकास साकोसमा हाल ३२ सय ३२ सदस्य छन् । नव विकास साकोस राष्ट्रिय कर दिवस २०८० को अवसरमा करदाता सेवा कार्यालय चन्द्रपुर बाट सेवा क्षेत्रमा सबै भन्दा बढी आयकर जम्मा गरेकोमा हालै सम्मानित समेत भएको छ । प्रोवेसन ब्राण्ड प्राप्त नवविकास साकोस नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक लिमिटेड लगायत सहकारीका विभिन्न निकाय तथा नियामक निकायबाट समेत मधेश प्रदेशको उत्कृष्ट संस्था सम्मानित भैसकेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र