शुक्रबार, वैशाख २१
०६:५६

रोवर्ट ओवनेले धर्तीबाट बिदा लिएको दिन आज

शुक्रबार, मंसीर १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं ।  विश्व सहकारी अभियानका पिता, समाज सुधारक एवम् दार्शनिक रोबर्ट ओवेनको जन्म बेलायतको वेल्सस्थित न्यूटाउनमा १४ मे सन् १७७१ मा भएको थियो । उनको भौतिक शरिर आजभन्दा १ सय ६४ वर्षअघि नोभेम्बर १७ अर्थात् आजकै दिन यस धर्तीबाट सदाका लागि बिदा भएको थियो । ओवेनको मृत्यु सन् १८५८ नोभेम्बर १७ मा न्यूटाउनमै भएको थियो । भौतिक रुपमा ओवेन अस्ताएपनि श्रमिकहरुलाई न्यायोचित पारिश्रमिक, सेवासुविधा, हकहित संरक्षण, उनीहरुको सन्तानहरुको आधारभूत अधिकारहरुको प्रत्याभूतिमार्फत सामाजिक, आर्थिक अवस्था उकास्न सहकारी महत्वपूर्ण माध्यम हुने उनको विचार आजपनि उत्तिकै बलशाली अनि प्रभावशाली छ । सहकारी तथा श्रम अधिकारसम्बन्धी उनको विचार आज र भोलि झनै बलियो बन्दै जाने छ ।  उनको बिचार विश्वभर पढिन्छ र विमर्शको विषय पनि बन्दछ । उनको भौतिक शरिर नरहने पनि बलियो बिचारले समाजलाई पथप्रदर्शन गरिरहेको छ । 

सन् १८१० मा न्यू ल्यानार्कमा उनले आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको अवधारणा अघि सारे । सन् १८१७ मा उनले श्रमिकहरुलाई दैनिक ८ घन्टा मात्र काम लगाइनुपर्ने सम्बन्धी आफ्नो बहसपैरवीको मुख्य विषय नै बनाएका थिए । सन् १८१७ मै उनले समाजवादलाई पूर्णतया अवलम्बन गर्दै बेलायती संसदीय समितिमा यससम्बन्धी आफ्नो अवधारणा स्पष्ट रुपमा राखेका थिए । 

पिता रोबर्ट ओवेन र आमा अ्यामी विलियम्सका उनी छैठौं सन्तान थिए । उनी श्रमिक हकहित संरक्षण र निःशुल्क शिक्षाको वकालत गर्दथे । आफ्ना सहयोगी कामदारहरुको पारिश्रमिक, सेवा सुविधा, दैनिक सेवा अवधिलगायतका आधारभूत विषयमा न्याय र विवेकपूर्ण निर्णयहरु लिएका ओवेन श्रमिकहरुको सामाजिक आर्थिक अवस्था उकास्न सहकारी महत्वपूर्ण माध्यम भएको निष्कर्षमा पुगेका थिए । अधिकांश रोबर्ट ओवेन समर्थकहरु (ओवेनाइट्स) हरुको अगुवाईमा पछि सन् १८४४ अक्टोबर २४ मा बेलायतकै टोड लेनमा अक्टोबर २४ मा विश्वकै पहिलो सहकारी उपभोक्ता पसल दर्ता भएको थियो जसको औपचारिक सञ्चालन डिसेम्बर २१ शनिवारको दिन बेलुकीपख भएको थियो । 

सहकारी विचारका प्रवर्तक ओवेन श्रमिक हकहितका वकालत गर्ने परोपकारी व्यक्ति थिए । प्रतिस्पर्धाको स्थानमा प्रजातन्त्र, स्वशासन, स्वउत्तरदायित्व, स्वसहयोग आदिमा आधारित सहकारी पद्धतिमार्फत आर्थिक र सामाजिक विकास सम्भव भएको उनको ठम्याई थियो । उनको विचार आज विश्वले बोकेको छ । संयुक्त राष्ट्र संघले सन् २०१२ लाई संयुक्त राष्ट्र संघीय ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष’ घोषणा गर्दै विभिन्न कार्यक्रमसहित मनाएको थियो । सन् २०२१ ओवेनको २ सय ५० औं जन्मजयन्ती वर्ष थियो ।

१० वर्षको उमेरमा कपडा उद्योगमा सहयोगीका रुपमा काम थालनी गरेका उनी पछि म्यान्चेस्टरस्थित ठूलो कपडा कारखानाको व्यवस्थापक र  लगानीकर्ता समेत बनेका थिए । उनको कारखानाको उत्पादन अत्यन्त उच्च कोटीको हुन्थ्यो । बाल तथा युवा अधिकार संरक्षणका क्षेत्रमा समेत उनको योगदानको चर्चा आजसम्म हुन्छ । उनी जोश जाँगरले भरिएका, समाजका लागि ‘केही गरौं’ भन्ने इमान्दार समाजसुधारक थिए । उनी सानै देखि फुर्तिला थिए भने पढ्न खुवै रुचि राख्दथे । उनले थुप्रै पुस्तकहरु पनि लेखेका छन् । न्यूटाउनमा आवेन जन्मेको घर नजिकै रोबर्ट ओवेन म्युजिम समेत सञ्चालनमा छ भने उनको पूर्ण कदको सालिक समेत निर्माण गरिएको छ ।

एकै नाम भएका उनका पिता घोडामा प्रयोग हुने छालाका सामाग्रीहरु बनाउने तथा फलामसम्बन्धी काम काम गर्दथे । उनकी आमा खानदान, दिमाग र ब्यवहार सबै किसिमले सुन्दर थिइन् । विवाहपछि उनको आमाबाबु न्यूटाउनमै बसेका थिए । त्यतिबेला न्यूटाउन सानो बजार क्षेत्र थियो जहाँ एक हजार भन्दा बढी बासिन्दा थिएनन् । न्यूटाउन सफा, स्निग्ध र  सुन्दर स्थानमा अवस्थित भित्री बजार थियो नकि सहर । स साना सामान्य प्रकृतिका व्यापार चलेपनि ठूला उत्पादनहरु हुँदैनथ्यो सिबाय केही कपडा बुन्ने कारखानाहरु । पछिल्लो समय भने न्यूटाउन पहिलाको तुलनामा फोहोर र प्रदुषित हुँदै गएको छ । 

ओवेनको बुबाआमाका सात सन्तान थिए जसमध्ये दुई जनाको सानोमै निधन भएको थियो । विलियम, ऐनी र जोन ओवेन भन्दा जेठा थिए भने रिचार्ड उहाँ भन्दा कान्छो थिए । करिब ४र५ वर्षको उमेरमा उहाँ विद्यालय जान थाल्नुभएको थियो । मिस्टर थिकेन्स उहाँको शिक्षक हुनुहुन्थ्यो । पीठो बाट तयार पारिएको दुधसँग मिसाएर खाने चीज उहाँको खाजा हुन्थ्यो । पढाइसम्बन्धी एकदमै आधारभूत ज्ञान उनले सात वर्ष हुँदा पाइसकेका थिए । त्यसैबेला उनको शिक्षक थिकेन्सको सहायक भएर काम गर्ने अवसरका लागि पिताजीसँग अनुरोध गरेका थिए । उक्त कामका कारण उनले सानैदेखि आफुले जानेका कुराहरु अरुलाई सिकाउने कलामा निपूर्णता हासिल गरेका थिए ।   

उनलाई सानैदेखि उपलब्ध भएसम्मका सबै पुस्तक पत्रपत्रिकाहरु पढ्ने नसा जस्तै भैसकेको थियो । न्यूटाउनका प्रत्येक परिवारले उनलाई चिन्दथे त्यसकारण त्यतिबेलाका कर्मचारी, स्वास्थ्यकर्मी तथा वकिलहरुका पुस्तकालयमा उनको पहुँच थियो । उनलेले त्यो स्वतन्त्रताको भरपूर प्रयोग गरे । अध्ययनमा गहिरो लगाबका कारण उनी दिनमा एउटा पुस्तक  पढीसक्दथे । त्यतिबेला उनले पढ्ने पुस्तकहरुमा रबिन्सन क्रुसो, पिलग्रिम्स प्रोगेस, प्याराडाइज लस्ट, रिचार्डसन्स् लगायतका प्रसिद्ध उपन्यासहरु थिए ।

ओवेनले आफ्नो आत्मवृत्तान्तमा भनेका छन्, ‘ एकपटक म स्रिउसबरीबाट एक्लै लन्डन जानुपर्ने थियो । तर, हाई हलवर्नमा मेरो जेठो दाजु विलियमले घोडामा प्रयोग हुने छालाका सामानहरु बनाउने काम गर्दथे र उनी भएको स्थानमा गएँ । त्यसको छ सातापछि मेरो बुबाका एक साथीले मलाई स्ट्यामफर्डमा रहेको ठूला लुगा व्यापारी म्याकगुफगको घरमा परिवारकै सदस्यका रुपमा बस्ने व्यवस्था मिलाइदिनुभयो । म बिस्तारै व्यापार सिक्दै पनि गएँ । त्यहाँका ग्राहकहरु एकदमै ठूला र भद्र व्यक्तिहरु हुन्थे । त्यहाँ काम गर्दा मैले एकदमै उत्कृष्ट कपडाहरु र तिनको उत्पादनको बारेमा जान्ने मौका पाएँ । म्याकगुफगको घरमा पुस्तकालय थियो जुन मैले स्वतन्त्रपूर्वक प्रयोग गर्थे । दिनको ५ घन्टा पढ्थेँ । म धार्मिक पुस्तकहरुसँगै लोककल्याणका विषयमा अध्ययन गर्थे ।’ 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।