आईतबार, वैशाख २३
१२:३६

फिलिपिन्स फोरमका सवालहरु नेफ्स्कूनको रणनीतिक योजनामा समावेश गरिने

सोमबार, कात्तिक २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

'सहकारीः हाम्रो साझा सवाल' भन्ने मुल विषयका साथ अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र (आईसीए एपी) को १६ औं साधारण सभा तथा ११ औं सहकारी फोरम सन् २०२३ नोभेम्बर ६ देखि १० सम्म फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको छ ।

सन् १८९५ मा स्थापित सहकारी क्षेत्रको विश्वस्तरीय संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) विश्वका सहकारीहरुलाई सिद्धान्त र मान्यतामा चल्न मार्गदर्शन गर्ने सर्वोच्च निकाय हो । विश्वमा रहेका ३० लाख सहकारीहरु अन्तर्राष्ट्रिय सहकारी महासंघबाट जारी सबै मार्गदर्शनहरुलाई आत्मसाथ गर्दै सञ्चालित रहेका छन् भने सिद्धान्तलाई संस्थागत रुपमा विश्व सामु फैलाउने निकाय नै यही महासंघ हो । आईसीए एपी आईसीएको एशिया प्रशान्त हेर्ने क्षेत्रीय निकाय हो ।

यस वर्षको सहकारीको मुल विषय सहकारीः हाम्रो साझा सबाललाई कसरी यी विषयहरुमा केन्द्रित रही साझा सबाल बनाउन सबै केन्द्रित रहनुपर्ने सन्देश कार्यक्रममा भएका विषयगत समितिहरुको निष्कर्ष, विषयविज्ञहरुको प्रस्तुति र सहभागीहरुको संकल्प रहेको थियो ।

सबाल नं. १) Accelerate Identity सहकारीको पहिचानलाई उच्च बनाउँदै सम्पूर्ण जनमानसमा सहकारी क्षेत्र फरक क्षेत्र हो यसको सम्मान र संरक्षण गर्दै मानवको जीवनपद्धती सँग जोड्नु पर्छ । 

सबाल नं. २) Advancing the Goal विश्वव्यापी रुपमा संयुक्त राष्ट्र संघले तय गरेको दीगो विकास लक्ष्य २०३० को उपलब्धीमा सहकारी क्षेत्रले कसरी योगदान गर्न सक्छ र समुदायको विकासमा गरेको मेहनतलाई समाजमा दर्शाउन सक्नुपर्छ । 

सबाल नं. ३) Address Internal Challenge  सहकारीले विद्यमान अवस्थामा आएका आन्तरिक समस्याहरु ः सुशासन र व्यवस्थापनको चुनौतीलाई सामना गर्न सक्नुपर्छ । 

सबाल नं. ४) Adopting to Changing Environment संगठनका आन्तरिक रुपमा सुशासनका क्षेत्रमा र बाह्य रुपमा कानूनी र नियमनको व्यवस्थामा परिवर्तित अवस्थाहरुलाई स्वीकार गर्न र समयसापेक्ष बन्नु पर्छ ।

सबाल नं. ५) Accommodating Diversity विश्वले अनुभव गरेको स्वास्थ्य संकट, आर्थिक संकटबाट विस्तारै बामे सर्दै गरेको अवस्थामा अघिल्ला समयहरुमा झै समुदायको अभिन्न अंगको रुपमा समावेशी सेवा निरन्तर हुनुपर्छ ।

सबाल नं. ६) Adopt Technology समुदायको आफ्नो संगठन जसले समुदायका हरेक व्यक्तिलाई सेवा दिन्छ । यसरी दिने सेवाको प्रभावकारीता, विश्वसनीयता र सहभागिता बृद्धिका लागि प्रविधिलाई विस्तार गर्नुपर्छ । 

२८ मुलुकबाट ६०० जना सहभागीहरुको बीच सम्पन्न उक्त कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफ्स्कून) बाट संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सञ्चालक हरेराम प्रसाद र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका सल्लाहकार एवम् पूर्व अध्यक्ष मिनराज कडेलले अन्तराष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफक क्षेत्रको सञ्चालक समिति सदस्यको हैसियतबाट विषयगत विभिन्न समितिहरुको बैठकमा सहभागिता जनाउनु भयो भने संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि तथा वातावरण समितिको बैठकमा सहभागिता जनाउनु भएको थियो ।  

नेफ्स्कून उक्त संगठनको सदस्य भएकोले फोरममा उठाइएका सवालहरुलाई संघको आगामी रणनीतिक योजनामा प्राथमिकताका साथ समावेश गरी लक्ष्य प्राप्तितर्फ केन्द्रीत हुने प्रतिवद्धता संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले व्यक्त गर्नुभयो ।   
 
    

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।