आईतबार, वैशाख २३
०३:२३

संयुक्त राष्ट्र संघद्वारा सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा

शुक्रबार, कात्तिक २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको छ । यसअघि राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको थियो । सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न राखिएको L-11 ११ प्रस्तावलाई ७८औं राष्ट्र संघीय महासभा अन्तर्गतको Third Committee को ४७औं प्लेनरी बैठकले पारित गरेको छ । बैठकमा मंगोलियाले राखेको  प्रस्तावको पक्षमा नेपाल र भारत लगायत सबै जसको सदस्य राष्ट्रले समर्थन जनाएको राष्ट्र संघको आधिकारिक वेबसाइट तथा सामाजि सञ्जालमार्फत जनाइएको छ । प्रस्ताव पारित भएसँगै मेक्सिकोका प्रतिनिधिले उक्त प्रस्ताव प्रस्तुत गरेकोमा मंगोलियालाई धन्यवाद दिएका थिए । 

सहकारी क्षेत्रको विकास र प्रवर्धनसँगै पिछडिएको समुदायको सामाजिक आर्थिक लगायत बहुआयामिक विकासका लागि विश्व समुदायमा यसको उपादेयता झल्काउने यो अर्को महत्वपूर्ण अवसर हुनेछ । विश्व सहकारी अभियानका लागि यो अत्यन्त खुसीको कुरा हो ।

संयुक्त राष्ट्र संघले विश्वका १ सय ९३ सदस्य राष्ट्र भएको राष्ट्र संघ सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्च हो । राष्ट्र संघले सहकारी क्षेत्रलाई दिएको यो उच्च मान्यता हो । यसले विश्व सहकारी अभियानलाई थप सशक्त बनाउने अपेक्षा र विश्वास गर्न सकिन्छ । 

सभामा पहिलो अन्तर्राष्ट्रिय सहकारी वर्षको अपार सफलता र यस क्षेत्रमार्फत महिला, युवा, अल्पसंख्यकहरुको मूल प्रवाहीकरणमा भएका कामको चर्चा गर्दै सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न मंगोलियोले उक्त प्रस्ताव राखेको थियो । गरिबी निवारण, रोजगारी सृजना, उद्यमशिलता, नेतृत्व विकास, सामाजिक एकता र सद्भावका लागि सहकारी सबैभन्दा उपयुक्त माध्यम भएको भन्दै खासगरी कोभिड-१९ ताका सहकारीहरुले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा भएसँगै सन् २०२५ भर नेपाल लगायत विश्वभर सहकारीसम्बन्धी जनचेतना, सफलताका कथा, सम्भावनाबारे शिक्षा र चेतनामूलक गतिविधिहरु सञ्चालन गरिनेछन् । राष्ट्र संघले सन् २०३० का लागि तय गरेको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि सहकारी महत्वपूर्ण 'एक्टर' भएको बताउँदै यो क्षेत्रबाट थप योगदानको विश्वास लिर्दै आएको छ । 

विश्व सहकारी समुदायले प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आए पनि पहिलो पटक सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरिएको थियो । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय वर्ष पुगेको ऐतिहासिक अवसरमा राष्ट्र संघले सन् १९९५ देखि प्रत्येक जुलाई महिनाको पहिलो शनिवारलाई संयुक्त रष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।