बुधबार, वैशाख २६
१२:०५

पौवादुङमा गाउँपालिकामा आधारशिला कार्यक्रमको समीक्षा बैठक

बिहीबार, कात्तिक २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj


भोजपुरको पौवादुङमा गाउँपालिकामा कार्तिक २३ गते आधारशिला कार्यक्रमको समीक्षा बैठक गरिएको छ । कार्यक्रम गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नविन भट्टराईको संयोजनमा भएको थियो । कार्यक्रममा पाँच वटा सहकारीका १५ जना प्रतिनिधिको सहभागिता रहेको थियो । गाउँपालिका भित्र क्रियाशील सहकारीको विद्यमान अवस्था स्थलगत सुपरिवेक्षण गरी संस्थागत सुधारका विषयलाई के कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

बैठकमा पालिका भित्र सञ्चालित सहकारीहरुबीच सिकाइ आदनन प्रदान गरी सहकारी संचालनमा एकरुपता कायम गर्न साझा धारणा बनेको छ । आधारशिला कार्यक्रमले पालिकामा क्रियाशील सहकारीहरुको संस्थागत विकास र दिगोपनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख प्रशासकीय अधिकृतले बताउनु भयो । सहकारी संस्थाका साझा समस्या समाधानका लागि स्थानीय सरकारले आवश्यक बजेट व्यवस्थापन गरी मासिक अनुगमन तथा सुपरिवेक्षण नियमित गर्ने पालिकाका सहकारी शाखा प्रमुख रामलिहाङ राईले बताउनु भयो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका व्यवसाय अधिकृत प्रकाश अधिकारीले गर्नु भएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र