आईतबार, वैशाख २३
०६:२२

आइसीए एपीद्वारा उत्कृष्ट सहकारी अभियन्ता र सहकारी संस्था सम्मान प्रदान  

बिहीबार, कात्तिक १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

न्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रीय संगठन (आईसीए एपी) ले यसै वर्षबाट सुरु गरेको  Cooperative Excellence Award बाट मलेशियाली सहकारी अभियन्ता र भारतको श्रमिक सहकारीलाई सम्मानित गरिएको छ । 'उत्कृष्ट सहकारी अभियन्ता' सम्मानबाट प्रेरणादायी मलेशियाली सहकारी अभियन्ता डा. अब्दुल फताहा अब्दुल्लाह सम्मानित हुनुभएको छ भने 'उत्कृष्ट सहकारी संस्था' भारतको केरलास्थित उरलुंगल श्रमिक सहकारी संस्था घोषित भएको छ । आईसीए एपीको फिलिपिन्सको राजधानी मनिलामा जारी १६औं साधारण सभा अन्तर्गत नोभेम्बर ८ अर्थात् हिजो बेलुकी आयोजित समारोहमा उक्त सम्मान घोषणा र प्रदान गरिएको हो ।

उत्कृष्ट सहकारी अभियन्ता डा. अब्दुल फताहा अब्दुल्लाह मलेशियाली सहकारी अभियानको शीर्ष निकाय आङ्कासाका अध्यक्ष हुनुहुन्छ । सन् २०१० देखि सहकारी अभियानमा सक्रिय उहाँ आईसीए एपीको उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँ आसियान कोअपरेटिभ अर्गनाईजेसनको समेतअध्यक्ष हुनुहुन्छ ।

यस्तै, उत्कृष्ट सहकारी संस्था सम्मानबाट भारतको केरलास्थित उरलुंगल श्रमिक सहकारी संस्था पुरस्कृत भएको छ । उक्त सहकारी भारतको पूरानो श्रमिक सहकारीमध्ये पर्दछ । एक सय वर्ष भन्दा लामो इतिहास बोकेको उक्त सहकारीले दिगो पूर्वाधार विकासका क्षेत्रमा काम गर्दै आएको छ । संयुक्त राष्ट संघबाट समेत भारतको सर्वोत्कृष्ट श्रमिक सहकारीको रुपमा सम्मानित उक्त सहकारीका अध्यक्षले हालसालै करेला सरकारले प्रदान गर्ने रोबर्ट ओवेन उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार समेत प्राप्त गर्नुभएको थियो । 

सहकारी क्षेत्रको विकास र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने एशिया प्रशान्त क्षेत्रका अभियन्ता, सहकारी संस्था र उत्कृष्ट नियामक निकायलाई सम्मानित गर्ने उद्देश्यसहित आइसीए एपीले पहिलो पटक पुरस्कार स्थापना गरेको हो । उत्कृष्ट सहकारी अभियन्ता, उक्तकृष्ट सहकारी संस्था र उत्कृष्ट नियामक निकाय गरी तीन शीर्षकमा सम्मान प्रदान गरिने जनाइए पनि मनिलामा जारी आईसीए एपीको क्षेत्रीय सभाको पूर्वसन्ध्यामा नोभेम्बर ८ मा दुई वटा पुरस्कार प्रदान गरिएको हो । आईसीए एपीले उत्कृष्ट सहकारीकर्मी, उत्कृष्ट संस्था र उत्कृष्ट नियामक निकाय गरी तीन क्षेत्रलाई समेटेर सम्मानको परम्परा थालनी गरेको जनाएको थियो । आईसीए एपीले तीनै विधाको सम्मानका लागि योग्यहरुको छनोट गरी आवेदन दिन आग्रह गरेको थियो । 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।