मंगलबार, वैशाख २५
०१:१२

चितवनका दुई महिला साकोसको ‘नेतृत्व क्षमता विकास तालिम’ सम्पन्न

बिहीबार, कात्तिक २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवनस्थित बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि. र पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कूनको) को प्राविधिक सहजीकरणमा कार्तिक २१ र २२ गते सौराहामा ‘नेतृत्व क्षमता विकास तालिम’ सञ्चालन भएको छ । नव निर्वाचित दुई महिला बचत तथा ऋण सहकारीको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिहरुको क्षमता विकासका लागि तालिम आयोजना गरिएको हो । नेफ्स्कूनले नवनिर्वाचित सञ्चालकहरुलाई साकोस सञ्चालनका आधारभूत सिद्धान्त, मूल्य, मान्यता, सुशासनका सवाल तथा संस्थागत सक्षमता विकासको बहुआयामिक विषयवस्तु सेमेटेर दुई दिने 'नेतृत्व क्षमता विकास तालिम' सञ्चालनमा ल्याएको हो । 

तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सहकारी तथा बचत ऋण सहकारीको परिभाषा, बचत ऋण सहकारीका वस्तु तथा सेवा बारे जानकारी, सहकारीका उद्देश्यहरु, सहकारीको मूल्य मान्यता र सिद्धान्तहरु, संञ्चालक समितिको परिभाषा र भूमिका, योग्यता, काम कर्तब्य र अधिकार, लेखा सूपरिवेक्षण समिति संयोजकको जिम्वेवारी र भूमिका र आन्तरिक नियन्त्रण प्रणाली जस्ता आधारभूत विषयवस्तुबारे नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो । तालिमको उद्घाटन तथा समापन कार्यक्रममा नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका इन्चार्ज रिसभ राज रेग्मी पनि सहभागी हुनुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र