सोमबार, वैशाख १७
११:२८

भरतपुरस्थित नवदुर्गा साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

सोमबार, कात्तिक २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लि.को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा को अध्यक्षता, भरतपुर महानगर पालिका वडा नं ५ का वडा अध्यक्ष युद्ध प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा  भरतपुर महानगरपालिका वडा नं १५, का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाको विशिष्ठ आतिथ्यता र स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको हो । 

प्रमुख अतिथि युद्ध प्रसाद श्रेष्ठले हाल सहकारीमा देखिएको समस्या सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको बताउनुभयो । यद्यपि, नवदुर्गा सहकारी भने समुदायमा आधारित रहेकाले लगानी, बचत सुरक्षित रहेको प्रष्ट पार्नुभयो । उहाँले संविधानले मुलुकको आर्थिक समृद्धिको आधार ३ खम्बे अर्थनीति भएको र त्यसको एउटा खम्बा सहकारी रहेकोले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरी राष्टिय पुँजी निर्माणमा सहयोग गर्न सकिने बताउनुभयो । उहाँले उक्त पुँजीलाई सदस्यमा नै केन्द्रित रही उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र राष्ट्रिय उत्पादन पनि बढ्ने बताउनुभयो ।

साधारण सभामा संस्थाका सचिव रामकृष्ण पौडेलले संस्थाको गत आव २०७९/०८० को नीति तथा कार्यक्रमको समीक्षा र आव २०८०/०८१  को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।समुदायमा आधारित भै सञ्चालनमा रहेको नवदुर्गा भवानी  साकोसमा गत आव २०७९/०८० को अन्त्य सम्ममा जम्मा १६५० सेयर सदस्य रहेको छ भने ११ करोडको कुल पुँजी रहेको छ । विगतमा संस्था र व्यवस्थापक दुबै चितवन बचत तथा ऋण सहकारी सङ्घबाट पुरस्कृत भएका थिए । संस्थाले उक्त दिन नेपाल रेडक्रस सोसाईटी उपशाखा नारायणपुरसँगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र