सोमबार, वैशाख १७
०७:२३

चितवन जिल्ला बचत संघको रणनीतिक व्यावसायिक योजनाको समीक्षा

सोमबार, कात्तिक २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन जिल्ला बचत तथा ऋण ऋण सहकारी संघले आफ्नो चौथो रणनीतिक व्यावसायिक योजनाको समीक्षा गरेको छ । कार्तिक १७ र १८ गते दुई दिन सञ्चालित गोष्ठीमा चौथो रणनीतिक व्यावसायिक योजना (एसबीपी) ले लिएको लक्ष्य र तिनको प्राप्तिका लागि तय गरिएका कार्यक्रमहरुको हालसम्मको प्रगतिका विषयमा सघन अन्तरक्रियात्मक र सहभागितात्मक छलफल भएको छ । गोष्ठीमा अर्थतन्त्र र वित्तीय सहकारीको इकोसिष्टममा परेका प्रभाव र त्यस अनुरुप संघले लिनुपर्ने भावी रणनीतिक दिशाबारे छलफल भएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले आर्थिक वर्ष २०७८/०७९ देखि आर्थिक वर्ष २०८१/०८२ का लागि चौथो रणनीतिक व्यावसायिक योजना निर्माण गरेको थियो । संघको भावी योजनामा सदस्य साकोसहरूमा बचतकर्ताको निक्षेप सुरक्षण, चितवनको सहकारी क्षेत्रको गुणस्तरीयता र दिगोपनाका लागि साकोसमा सदस्यदेखि नीति निर्माण तहमा महिला र युवा सहभागिता, व्यवसाय विकास सेवामार्फत सदस्यहरुलाई स्वरोजारका अवसर सृजना आदि विषयमा जोड दिइएको छ ।

कार्तिक १७ र १८ गते भरतपुर महानगरपालिका-२९,चितवनमा आयोजित कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष विद्या कोइरालाले र्नुभएको थियो भने नेफस्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक एव संघका सल्लाहकार नवराज सापकोटाले गोष्ठी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेफस्कूनका पूर्व संचालक सदस्य एवं बचत संघका सल्लाहकार भरतप्रसाद दवाडी, बागमती प्रोस्कूनका संंचालक सदस्य एवं सल्लाहकार तेजेन्द्रवहादुर खड्का, बचत संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार हरिश्चन्द्र सुवेदी,  कानुनी सल्लाहकार जगन्नाथ भण्डारी, बचत संघका संस्थापक अध्यक्ष एवं संरक्षक सदस्य सोमराज खनिया, संघका पूर्व अध्यक्ष एवं संरक्षक सदस्य धनप्रसाद श्रेष्ठ अतिथि रहनुभएको थियो ।  स्वागत मन्तव्य उपाध्यक्ष इश्वरी शर्मा ढकालले राख्नुभएको थियो भने सचिव सुदीप रेग्मीले कार्यक्रम संचालन गर्नुभएको थियो । 

संघका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक मीनप्रसाद सुवेदी, संचालक सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, सल्लाहकारहरु, संघका संरक्षक सदस्यहरु, सम्पूर्ण उपसमितिका  सदस्यहरु, सम्पूर्ण पालिकास्तरीय संजाल संयोजकहरु, संघका व्यवस्थापक लगायत कर्मचारीहरु समेत गरी ३३ जनाको सहभागिता रहेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र