आईतबार, वैशाख २३
११:०९

वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुका लागि ‘ई लर्निङ सिरिज’ सुरु हुँदै

सोमबार, कात्तिक १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) सुरु हुने भएको छ । नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले उक्त सिकाइआदान प्रदानसम्बन्धी श्रृङ्खला आयोजना गर्न लागेको हो । प्रत्येक अंग्रेजी महिनाको पहिलो हप्ता आयोजना हुने सिकाइ कार्यक्रमको पहिलो एपिसोड आगामी नोभेम्बर २ (कात्तिक १६ गते बिहिबार) आयोजना गर्न लागिएको हो । 

उक्त श्रृङ्खलाको पहिलो एपिसोड ‘इनभिजनिङ एभरेष्ट डेक्लरेशन इन क्रेडिट युनियन्स’ रहेको छ । उक्त एपिसोडमार्फत गत सेप्टेम्बर महिनामा काठमाडौंमा सम्पन्न अकू फोरम–२०२३ ले एशियाभरका वित्तीय सहकारीका लागि जारी गरेको १० बुँदे ‘एभरेष्ट घोषणापत्र’ को अन्तर्यलाई नेपालका वित्तीय सहकारीहरुले कसरी रणनीतिक मार्गचित्रमा समेट्न सक्दछन् भन्ने विषय जानकारी गराउन लागिएको हो ।

कार्यक्रमको पहिलो श्रृङ्खलाको सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) द्वयले गर्नुहुनेछ । सहभागितात्मक विधिबाट सञ्चालन गरिने कार्यक्रममा प्रश्नोत्तरका माध्यमबाट जिज्ञासाहरुको सम्बोधन गरिनेछ । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुलाई समसामयिक र नवीन विषयहरुमा अन्तर्राष्ट्रिय विज्ञहरुबाट व्यावहारिक समाधानसहितको सिकाइ उपलब्ध गराउने उद्देश्यले यो निःशुल्क श्रृङ्खला सुरु गर्न लागिएको जानकारी गराउनुभयो । ‘नेफ्स्कूनका सदस्य संघ संस्थाहरुको सक्षमता विकास गर्न मितव्ययी रुपमा अन्तर्राष्ट्रिय विषय विज्ञबाट समाधानसहितको अभौतिक सिकाइ कार्यक्रमको श्रृङ्खला सुरु गर्न लागेका हौं,’ उहाँले भन्नुभयो, ‘यस प्रकारको श्रृङ्खलावद्ध कार्यक्रम नेफ्स्कूनले पहिलो पटक गर्न लागेको हो । यो कार्यक्रम वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुका लागि निक्कै फलदायी हुने भएकोले समय मिलाएर अवश्य सहभागी हुन समेत आग्रह गर्दछु ।’ नेफ्स्कूनको सञ्जालभित्र प्रत्यक्ष परोक्ष जोडिएका विश्वका विभिन्न मुलुकका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु प्रत्येक महिना यो कार्यक्रममा सहभागी हुनुहुनेछ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र