आईतबार, वैशाख २३
०६:०६

दशैं बिदा सकिएसँगै आजदेखि खुले सहकारी कार्यालयहरु

शुक्रबार, कात्तिक १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बडा दशैंको टिका सकिएको तेस्रो दिन आजबाट सरकारी कार्यालयहरुसँगै सहकारी संघ संस्थाहरु पनि खुलेका छन् । सरकारले कार्तिक ४ गते फुलपातीदेखि ९ गते द्वादशीसम्म दशैं बिदा दिएको थियो । धेरैजसो बचत तथा ऋण सहकारी संस्थाहरुले चाडपर्व बिदाको दिनमा पनि निश्चित समय काउन्टर सञ्चालन गरेका थिए । सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखी बचत ऋण सहकारी संस्थाहरुले नवमीको दिनसम्म केही घन्टा काउन्टर सञ्चालन गरेका थिए । केही संस्थाहरुले भने दशैंको टिकाको दिनसमेत काउन्टर सेवा प्रदान गरेका थिए । काठमाडौं तथा विभिन्न जिल्लाका सहकारीहरुले सदस्यहरुलाई नयाँ नोट सटहीको सुविधा समेत उपलब्ध गराएका थिए ।

कतिपय बचत ऋण सहकारी संस्थाहरुले हिजोबाटै कार्यालय सञ्चालन गरेका छन् । अधिकांश सहकारीहरुमा भने सरकारी कार्यालयसरह आजबाट सेवा सुचारु भएको छ भने केही सहकारीहरुले आइतबारबाट सेवा सुचारु गर्दैछन् । बचत ऋण सहकारीहरुको केन्द्रीय छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का पनि देशैभरका सबै कार्यालयहरु आजबाट खुलेका छन् । नेफ्स्कूनले बडादशैंको अवसरमा २०८० कार्तिक ४ गतेदेखि ९ गतेसम्म देशैभरका सबै सदस्य सेवा कार्यालय तथा सेवा केन्द्रहरु बिदा दिएको थियो । बिदा सकिएपछि सहकारी संघ संस्थाहरु दैनन्दिन सेवामा फर्किएका छन् ।

यसैबीच, दसैं मनाउन काठमाडौं उपत्यकाबाहिर गएकाहरु पनि क्रमशः फर्कन थालेका छन् । केही दिन सुनसान काठमाडौंका मुख्य शहर तथा भित्री चोक तथा गल्लीहरुमा बिस्तारै चहलपहल सुरु भएको छ । काठमाडौं भित्रिने मुख्य नाकाहरुमा पनि सवारीसाधन तथा मानिसहरुको चहलपहल बढेको छ । यसका कारण नाकाहरुमा ट्राफिक व्यवस्थापनको नियमित व्यवस्तता बढेको देख्न सकिन्छ । औपचारिक रुपमा यसवर्षको बडादशैं भने भोलि पूर्णिमाबाट सकिनेछ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र