बिहीबार, जेठ ३
०२:१०

एकीकृत फ्रेण्डसिप साकोसको नवौँ वार्षिक साधारणसभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब ३३ करोड नाघ्यो  

मंगलबार, असोज ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । जिरीमा मुख्य कार्यालय एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाकोे नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत असोज २० देखि २७ गतेसम्म १३ वटा सेवा केन्द्रमार्फत क्षेत्रगतरुपमा साधारण सभा आयोजना गरी असोज २८ गते मुख्य कार्यालयमा निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भुमीराज खड्काको अध्यक्षतामा एवं जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलको प्रमुख आतिथ्यतामा सभा सम्मन्न गरिएको हो । संस्थाका सह–सचिव जयन्ती प्रधानले वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक केशव खड्काले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो । 

साधारण सभामा उत्कृष्ट बचतकर्ता, सेयरसदस्य, मोवाइल बैंकिङमा अधिक कारोवार गर्ने सेयर सदस्य तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाल सदस्यलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

संस्थाले विभिन्न ९ वटा सहकारी संस्थासँग एकिकरण गरी दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाण्डौ जिल्लालाई समेत कार्यक्षेत्र सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवाहरु प्रदान गर्दै आएको छ । संस्थाले विभिन्न १४ प्रकारका बचत योजना सञ्चालनमा ल्याएको छ भने सदस्यहरुलाई तरकारी तथा फलफुल, कृषि, बन, थोक तथा खुद्रा, शैक्षिक, उत्पादन तथा पर्यटन, लघुवित्त, हायरपर्चेज र वैदेशिक रोजगार जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।

संस्थाले सदस्य राहत कोष, सुत्केरी स्याहार र वृद्ध भत्ता जस्ता कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई सुविधा प्रदान गर्दै आएको छ । संस्थाले मोबाइल बैंकिङ समेत सञ्चालनमा ल्याएको र उक्त एपको प्रयोग विभिन्न युटिलिटी पेमेन्ट, रकम ट्रान्सफर लगायतका सुविधा प्रयोग गर्न सकिने जनाएको छ ।

संस्थामा गत असार मसान्तसम्मा १४ हजार ८ सय ९२ सदस्य, १० करोड ६७ लाख शेयर पुँजी, विभिन्न कोषहरुमा ९ करोड ७४ लाख, १ अर्ब ९ करोड ७२ लाख बचत संकलन, ९६ करोड ९९ लाख ऋण तथा सम्पत्ति एक अर्ब ३३ करोड ३६ लाख ९२ हजार रुपैंया पुगेको छ । संस्थाले त्यस अवधिमा १ करोड २६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र