शुक्रबार, जेठ ४
०२:२४

सिन्धुपाल्चोकको शुभप्रभात साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

सोमबार, असोज २९
saccosaawaj

बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा संस्थाको अध्यक्ष विकासकाजी श्रेष्ठको सभापतित्वमा संस्थापक अध्यक्ष निर्मल पौडेलको प्रमुख आतिथ्यता र बाह्रबिसे नगरपालिकाको उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा असोज २७ गते सम्पन्न भएको छ । 

सभामा कोषाध्यक्ष विकास पौडेलले आर्थिक वर्ष २०७९/८० मा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पूँजी रु ४ करोड १७ लाख ४७ हजार, संस्थागत पूँजी ३ करोड ५७ लाख ९३ हजार, बचत संकलन रु ५२ करोड ८२ लाख २८ हजार सदस्यहरुलाई ऋण लगानी रु ३६ करोड ५२ लाख ६६ हजार गरी खुद मुनाफा रु १ करोड ३३ लाख २८ हजार गरेको जानकारी गराउनुभयो । संस्थाको कुल सम्पत्ति तथा दायित्व रु ६४ करोड ५९ लाख ७४ हजार रहेको छ । 

सचिव दीपकविक्रम थापाले प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक  भिमसेन भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा उपाध्यक्ष यादव दाहालले स्वागत मन्तब्य राख्नुभएको थियो ।  

साधारण सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य, बालबचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो। सभाले सदस्यहरुलाई १३ प्रतिशत लाभांश र संरक्षित पूजीँ फिर्ताकोषबाट रु २४ लाख ९९ हजार रुपैया नियमित बचत तथा ऋण कारोवार गर्ने सदस्यहरुलाई वितरण गर्ने निर्णय गरेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र