आईतबार, जेठ ६
०५:२६

गुणस्तरीयता नेफ्स्कूनका सदस्यको नैसर्गिक अधिकारः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल

शनिबार, असोज २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संघमा आवद्ध सबै संघ संस्थाहरुलाई स्तरीकृत र गुणस्तरीय बन्ने अधिकार रहेको बताउनुभएको छ । उहाँले नेफ्स्कूनका सदस्य संघ संस्थाहरु गुणस्तरीय हुने नैसर्गिक जस्तै अधिकार भएको र उक्त अधिकार सुनिश्चितताका लागि निर्सत काम गरिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । आज राजधानीमा सन्दुस बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘तर, त्यसका लागि प्रमुख विषय भनेको संस्थाको सुशासन हो । सुशासन बिना स्तरीकरण र गुणस्तरको सम्भावना नरहेको भन्दै उहाँले सुशासित संस्थाको नैसर्गिक अधिकार स्तरीकृत हुने बताउनुभयो । सहकारीमा सुशासनको विषयलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सुशासित संस्थाका लागि थुप्रै अवसरको ढोका खुल्छ ।’ सदस्यको सहभागिता र समुदायको विश्वासमा अघि बढ्ने नेफ्स्कूनका साकोसहरु स्वतः गुणस्तरयुक्त बन्ने दाबी गर्नुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले नेफ्स्कूनले स्थानीय तह र प्रदेश कार्यक्षेत्र रहेका संघ संस्थाहरुलाई तत्तत् तहसँग समन्वय गरी साझेदारीमा सहकारी शिक्षा र प्रवद्र्धनका कार्यक्रमहरुलाई रणनीतिक महत्वसहित सञ्चालन गर्ने पनि जानकारी बताउनुभयो ।

साकोसको अध्यक्षमा अनिलराज भण्डारी निर्विरोध
यसैबीच, सन्दुस साकोसको आज सम्पन्न निर्वाचतसहितको साधारण सभाले अनिल राज भण्डारीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ भने दिप बहादुर आले मगरको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतमा सम्पन्न सभामा निवर्तमान अध्यक्ष मनोज श्रेष्ठ, संस्थाको नवनिर्वाचित तथा पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, उपसमिति, ज्योतिपुञ्ज साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज कार्की, नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । 

भक्तपुरको कौशलटारस्थित सन्दुस साकोससँग ३ करोड ८१ लाख सेयर पुँजी रहेको छ भने २ करोड ८८ लाख बढी जगेडा तथा अन्य कोष रहेको छ । २६ करोड बढी निक्षेप संकलन गरेको संस्थाले ४२ करोड ४ लाख बढीको कुल कारोबार गरेको जानकारी साधारण सभामा गराइएको थियो । मुख्य कार्यालयसँगै एउटा सेवा केन्द्र रहेको सन्दुस साकोसमा हाल १८ सय ९२ सदस्य रहेको निवर्तमान अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र