आईतबार, जेठ ६
०५:२६

वीरेन्द्रनगरस्थित पिपलबोट साकोसको २१औं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, असोज २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरस्थित पिपबलबोट बचत तथा ऋण सहकारी संस्था लि. को २१आौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साकोसका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेल रहनुभएको थियो भने विशेष अतिथि वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निकलण्ठ खनाल रहनुभएको थियो ।

१९ करोड २९ लाख बढी कुल सम्पत्ति रहेको संस्थामा १३ करोड ६१ लाख बढी बचत तथा १३ करोड ७३ लाख बढी ऋण लगानी रहेको छ । १ करोड ६९ लाख बढी जगेडा कोष रहेको साकोसमा ३६ करोड  ९४ लाख अन्य कोष रहेको छ । संस्थाले सुत्केरी राहत, मृतक राहत, सदस्य सुरक्षा बिमा, ऋण र सदस्यको म्यादी बिमा कार्यक्रम, समुदाय साझेदारी ,ऋणी सदस्य ,बचतकर्ता ,बाल बचतकर्ता एवं सेयर खरिदकर्ता उत्कृष्ट सदस्य पुरस्कार ,पिपलबोट शैक्षिक पुरस्कार, आदि कार्यक्रम सञ्चालन गर्दै आएको छ । साधारण सभाका अवसरमा आयोजित स्वास्थ्य शिविरबाट करिब ७ सय बढी सदस्यहरुले प्राथमिक उपचार एवं स्वास्थ्य सल्लाह एवं परामर्श सेवा प्राप्त गर्नुका साथै बिभिन्न बिधामा २९ जना सदस्य सम्मानित गरिएको थियो । 
२०५९ साल असार ०३ गते गते स्थापित संस्थामा हाल ११५९ पुरुष, महिला १२३० तथा संस्थागत १२ गरी कूल २८०० सेयर सदस्य रहेका छन् भने ७ सय १९ बाल बचतकर्ता रहेका छन् ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र