आईतबार, जेठ ६
०५:१६

धनगढीमा सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

बुधबार, असोज २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कैलाली । धनगढीमा साकोसमा कार्यरत सदस्य सेवा सहायकहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको धनगढी सेवा केन्द्रको आयोजनामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको दुई दिवसीय सदस्य सेवा सहायकहरुको क्षमता अभिबृद्धि तालिम असोज २२ र २३ गते धनगढी उप–महानगरपालिका कैलालीमा सम्पन्न भएको हो । 

नेफस्कूनका सञ्चालक माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा कैलाली जिल्ला संघका उपाध्यक्ष तथा नेफ्स्कून ब्यवस्थापन उप–समिति सदस्य भुपेन्द्र थापा, राष्ट्र सेवक साकोसका निवर्तमान अध्यक्ष हरि प्रसाद सापकोटा लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

तालिममा स्वागत मन्तव्य नेफ्स्कून कञ्चनपुरका सदस्य सेवा कार्यालयका ब्यवस्थापन उप– समिति सदस्य भुपेन्द्र थापाले गर्नुभएको थियो ।

नेफ्स्कून सञ्चालक माधव जोशीले तालिमबाट सहभागीहरुले महत्वपूर्ण ज्ञान सीप आर्जन गरि व्यक्तिगत जिवनका साथै संस्थागत रुपमा लागु गर्न आग्रह गर्नुभएको थियो । अहिलेको बर्तमान अवस्थामा सदस्यसँग गरिने समवन्यका साथै बजार सहायहरुले सदस्यसँग दैनिकी रकम संकलन गर्दा जोखिम कम गर्न प्रविधि मार्फत कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।

तालिममा कञ्चनपुर जिल्लाका १८ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २१ जनाको सहभागिता रहेको थियो । तालिम समापन सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुरत बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिम सहजिकरण संघका तालिम अधिकृत रबिन्द्र श्रेष्ठ र कार्यक्रम  सञ्चालन कञ्चनपुर सदस्य सेवा कार्यालयका इन्चार्ज यम डाँगी र व्यवस्थापन धनगढी सेवा केन्द्रका प्रमुुख योगेश बोहराले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र