शनिबार, जेठ ५
०४:१७

भक्तपुरको भाषासेवी माष्टर जगतसुन्दर साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न

सोमबार, असोज २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुर नगरपालिका कोलांछेमा रहेको भाषासेवी माष्टर जगतसुन्दर बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष न्हुछे राम धुख्वाको अध्यक्षतामा आयोजित सधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौड्यालले साकोसको वित्तीय सूचकांक र सदस्य सन्तुष्टी पक्ष राम्रो रहेको प्रति खुसी व्यक्त गर्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो । हाल विषम परिस्थितिमा पनि साकोसको सदस्यसँगको सुमधुर सम्बन्ध स्थापनाले संस्थालाई बलियो बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँले संस्थागत दिगो विकासका लागि साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम आवद्धता अनिवार्यता सम्बन्धमा जानकारी गराउनुभएको थियो ।   


 
साधारणसभामा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको विशिष्ट आतिथ्यता र भक्तपुरका नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज कृष्ण गोरा, राष्ट्रिय सहकारी बैकका सञ्चालक धु्रब बहादुर बिष्ट, भक्तपुर जिल्ला सहकारी संघकी कोषाध्यक्ष सावित्री धौवडेलको आतिथ्यता सहित साकोसका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, स्थानीय सहकारीकर्मीहरु लगायत साधारणसभामा २ हजार ४० जना (७५ प्रतिशत) शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

२०६५ कार्तिक ३ गते डिभिजन सहकारी कार्यलय भक्तपुरमा दर्ता भई ३५ जना युवाहरुद्वारा रु. ७ लाख शेयर पुँजी संकलन गरी सस्थाको शुरुवात गरिएको थियो । “सदस्यहरुलाई प्रबिधि मैत्री एवं गुणस्तरीय बचत तथा ऋण सेवाहरु प्रधान गरि समुदायमा आधारित भई सहकारी शिक्षा मार्फत आर्थिक सामाजिक र सांस्कृतिक रुपमा समृद्धि हासिल गर्ने” संस्थाको ध्येय रहेको छ भने सदस्यहरुको आर्थिक समृद्धिको लागि उत्कृष्ट संस्था निर्माणको परिकल्पना साकोसको रहेको छ । 

साकोसमा हाल २ हजार ६ सय ८० जना शेयर सदस्य, शेयर पूँजी रु. २ करोड ३५ लाख ९८ हजार २ सय, निक्षेप करिब रु. २२ करोड ५१ लाख २ हजार ८ सय, ऋण लगानी करिब रु. २३ करोड ७२ लाख ७६ हजार, जगेडा तथा अन्य कोषहरुमा रु. ३ करोड ५ लाख ५६ हजार र कुल कारोबार करिब रु. २९ करोड ४९ लाख ८८ हजार रहेको साकोसका व्यवस्थापक बालकृष्ण सुवालले जानकारी गराउनुभएको छ ।

साधारणसभाका अवसरमा साकोसले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणि सदस्य एक एक जनालाई र जेष्ठ शेयर सदस्य ३२ जनालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र