शनिबार, जेठ ५
०४:४१

सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन  

सोमबार, असोज २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुरको बोलांछेमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व र संस्कृति तथा इतिहासका अन्वेषक प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन भएको थियो । कार्यक्रममा साकोसका अध्यक्ष राजोपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै साकोसको चिनारी सहितको पृष्ठभूमि व्यक्त गर्नुभएको थियो । 

साधारणसभाले राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र बलराम भुजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव जगनाथ प्रजापति, जिल्ला सहकारी संघका सञ्चालक सहना पसखल र राष्ट्रिय सहकारी बैँकका शाखा प्रमुख मुना के.सीको आतिथ्यता रहेको थियो । 
 
कार्यक्रममा बोल्दै अतिथि जगनाथ प्रजापतिले नियमन निकायहरुबाट विभिन्न कारणहरु देखाई संस्था एकीकरणलाई जोड दिइरहेको जानकारी गराउँदै संस्था एकीकरण जस्तो महत्वपूर्ण कुराहरुलाई स्वतन्त्र रुपमा संस्थाको आवश्यकता र चाहना अनुसार गर्न स्वतन्त्र र स्वैच्छिक रुपमा गर्न दिनुपर्ने तथा त्यस्तो वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । कुनै पनि बचत तथा ऋण सहकारीहरु डुब्ने भाग्ने भन्दा पनि आफनो उद्देश्य अनुसारको मात्रै काम गरे कुनै संस्थामा समस्या नआउने उहाँको भनाई थियो । 

कार्यक्रमका संस्थाका उत्कृष्ट बचतकर्ता मनोज लाल अमात्य, उत्कृष्ट ऋणी विष्णुकेशरी ताम्राकार, उत्कृष्ट कर्मचारी रामेश्वरी शिल्पकार, एसईई उत्तीर्ण सदस्यका छोराछोरी २७ जना, कक्षा १२ उत्तीर्ण १६ विद्यार्थीहरु र जेष्ठ सदस्य ३४ जनालाई सम्मान गरेको थियो । त्यसैगरि संस्थाको रजत वर्षको लोगो डिजाइनर राज मान कर्माचार्यलाई पनि सम्मान गरेको थियो ।  

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले आफू स्वयं र परिवारका अन्य सदस्यहरु पनि यस सामूहिक सहकारीमा सदस्य रहँदै आएको जानकारी गराउँदै संस्थाप्रतिको विश्वास रहेको र सामूहिक साकोस एउटा राम्रो सहकारीको उदाहरण रहेको स्पष्ट पार्नुभयो । सामूहिक साकोसको स्थापनाकालदेखि कायम रहेको छवि आजसम्मपनि कायम रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिब कृष्णहरि सैँजुबाट प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष अशोकरत्न शाक्यबाट प्रस्तुत आर्थिक प्रतिवेदन, आन्तरिक लेखा परीक्षक नित्यनाथ श्रेष्ठबाट प्रस्तुत आन्तरिक लेखापरीक्षण प्रतिवेदन र बाह्य लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरी पारित गरिएको थियो । 

साकोसको नवौं कार्यकालका लागि निर्वाचित समितिलाई निर्वाचन उपसमितिका संयोजक सज्जन प्रधानले स्वागत तथा बधाई ज्ञापन सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । 
साकोसको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार ६ हजार ८ सय ६० शेयर सदस्य रहेको साकोसको कुल शेयर रकम रु.६ करोड ७३ लाख ९४ हजार ३००, बचत रकम रु. ४७ करोड ९४ लाख ८० हजार ५ सय ४५, ऋण लगानी रु. ५० करोड २० लाख ७१ हजार ९ सय ७१, जगेडा कोष रु. ४ करोड २५ लाख ५० हजार २८९ र कुल सम्पत्ती रु. ६६ करोड ६ लाख ७७ हजार ५२१ रहेको साकोसले जनाएको छ ।   

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र