शनिबार, जेठ ५
०३:५९

भक्तपुरको बाबा बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न

आईतबार, असोज २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–४ मा रहेको बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष ज्ञानराम श्रेष्ठको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौड्यालले साकोसको वित्तीय सूचकांक र सदस्य सन्तुष्टी पक्ष राम्रो रहेको प्रति खुसी व्यक्त गर्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो । हाल विषम परिस्थितिमा पनि साकोसको सदस्यसँगको सुमधुर सम्बन्ध स्थापनाले संस्थालाई बलियो बनाउन सहयोग पुगेको बताउनुभयो ।   उहाँले भक्तपुरमा अब्बल सहकारीको रुपमा बाबा साकोस अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै दीगो संस्थागत विकास र साकोस सुदृढीकरणका लागि संघद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा सहभागी भई एकीकृत साकोस सञ्जालमा जोडिन अनुरोध गर्नुभयो ।  

साधारणसभामा भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि वल्लको विशेष आतिथ्यता सहित साकोसका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, स्थानीय सहकारीकर्मीहरु लगायत १ हजार १५० भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

साकोसले साधारणसभाका अवसरमा प्रस्तुत वार्षिक प्रतिवेदन बमोजिम शेयर रकम रु. ५ करोड ४२ लाख १५ हजार, बचत रु. ३० करोड ७९ लाख ४६ हजार ९१६, ऋण लगानी रु. २९ करोड ५ लाख ४९ हजार २९७ र कुल वासलात रु. ४३ करोड ५१ लाख ५ हजार ७२६ रहेको जनाएको छ । साकोसमा हाल १ हजार ४ सय ९३ शेयर सदस्य छन् ।

कार्यक्रमका अवसरमा साकोसले स्नातकोत्तर तह उत्तीर्ण सदस्यका छोराछोरी ३ जनालाई रु. ३ हजारका दरले नगद पुरस्कार तथा मेडलद्वारा सम्मान गरेको थियो । त्यसैगरि भक्तपुरको बिस्केट जात्रामा जिब्रो छेड्ने बालकराम नानी श्रेष्ठले भक्तपुरदेखि पशुपतिनाथ मन्दिसम्म घुमेर संस्कृति जगेर्ना मा पुर्याएको योगदानको कदर स्वरुप रु. १० लाख नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको साकोसका व्यवस्थापक ज्ञानेश्वर कायस्थले जानकारी गराउनुभयो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र