आईतबार, वैशाख २३
०९:३५

सुनवल सामुदायिक साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध

बुधबार, असोज १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासी । सुनौल नगरपालिका स्थित सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्वारा उत्पादन तथा प्रवर्धन गरिएको गुणस्तर सुनिश्चितताको कार्यक्रम कर्ब्समा आवद्ध भएको छ ।

नेफ्स्कूनको भूमही सदस्य सेवा केन्द्र अन्तर्गत रहेको उक्त साकोस र नेफ्स्कून विच आश्विन ९ गते एक कार्यक्रम गरि आवद्धता सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नवलपरासीको सुनवल नगरपालिकालाई मुख्य कार्यक्षत्र वनाई समुदायमा आधिरत रहेर सञ्चालित सुनवल सामुदायिक साकोसमा हाल ७४१ जना सदस्य संख्या रहनुका साथै ५ करोड माथिको कुल कारोवार रहेको छ ।

कर्ब्स कारोवारमा आवद्धता पश्चात संस्थाको वित्तीय जोखिम न्यूनिकरण हुनुका साथै थप सदस्य मैत्री भई गुणस्तरीय र दिगो वित्तीय कारोवार गर्न मद्दत पुग्नेमा विश्वस्त रहेको संस्थाका अध्यक्ष गोविन्द प्रसाद ढकालले बताउनु भयो ।

सम्झौता पत्रमा नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका कार्यालय प्रमुख प्रकाश अधिकारी र संस्थाको तर्फबाट अध्यक्ष गोविन्द प्रसाद ढकालले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मी, नेफ्स्कून भूमही सेवा केन्द्रका व्यवसाय सहायक नेत्र प्रसाद सापकोटा सहित संस्थाका सञ्चालक समिति एमव कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आ.व. २०६२/०६३ मा दर्ता कायम भएको सुनवल सामुदायिक साकोसको शेयर सदस्य संख्या ७ सय ४१ पुगेको छ । शेयर पुँजी रु. ५३ लाख ४१ हजार ६००, बचत रु. ४ करोड ८ लाख ९७ हजार ९६६ र साकोसको कर्जा लगानी रु. ४ करोड ४२ लाख ९७ हजार २४५ रहेको छ । समुदायमा आधारिक सुनवल सामुदायिक साकोसको सदस्यलाई दिइने व्याजदर ६ देखि १२ प्रतिशत र ऋण लगानी गर्दा लिइने व्याजदर १३ देखि १६ प्रतिशत सम्म मात्र रहको छ । सुनवल नगरपालिकाभर मात्र कार्यक्षेत्र रहेको साकोसमा ३ कर्मचारी कार्यरत छन् ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र