आईतबार, वैशाख २३
०२:०६

सहारा नेपाल साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन

सोमबार, असोज ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । झापाको चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सञ्चालन भएको छ । साकोसका अध्यक्ष हरि बहादुर राजवंशीको अध्यक्षता र कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यता र गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदीको आतिथ्यतामा तालिमको औपचारिक शुभारम्भ भएको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलको आज कतिपय सहकारीहरु सहकारीको सिद्धान्त र मुल्य अनुसार नचल्दा जटिल समस्या भोग्न बाध्य भइरहेको प्रशङ्ग उल्लेख गर्दै सहारा नेपाल साकोस सहकारीमा एक उत्कृष्ट उदाहरण रहेको बताउनुभयो । सहकारी सहकारीका मूल्य र सिद्धान्त अनुरुप नचल्दा आज समस्यामा छन्, राज्यले सहकारीलाई ऐन कानुन कार्यान्वयमा कडाई गर्दै प्रभावकारी नियमन गर्न अब ढिलाई गर्न नहुने विचार व्यक्त गर्नुभयो । आर्थिक विकासमा सहकारीको योगदान महत्वपूर्ण छ, सहकारीको छवि निर्माणमा सरकार र सहकारी अभियान अब एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन उप निर्देशक दिनेश बहादुर निरौलाले गर्नुभएको थियो । साकोसका प्रमुख कार्यकारी अधिकृत गिरीले संस्थाको बारेमा, संस्थाले सदस्यहरुलाई हाल दिईरहेको सेवाको बारेमा जानकारी गराउनुभएको थियो भने तालिमको महत्व सँगसँगै संस्थाको भावी योजना (भिजन २०८८ – ५ लाख सदस्य, १ खर्व बढीको वासलात र युवा सहभागिता) को बारेमा जानकारी गराउनु भएको थियो । 

तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन सहित ३० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीना र तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ । तालिम असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । 

२०५३ सालमा स्थापना भएको सहारा नेपाल साकोसमा १ लाख ५७ जना शेयर सदस्य छन् भने कुल सम्पत्ती १५ अर्ब भन्दा बढीको छ । सदस्यहरुलाई ८० वटा कार्यालयमार्फत वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आइरहेको साकोसमा ५०१ जना कर्मचारी कार्यरत छन् । 

साकोस विगत २०७१ देखि एशियालि ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनबाट सञ्चालित एक्सेस कार्यक्रममा निरन्तर आबद्ध छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र