आईतबार, वैशाख २३
०२:५८

सयपत्री सकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न, ३ हजार २८७ जनामा वित्तीय सेवा

सोमबार, असोज ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनवल । सुनवल नगरपालिका–१, नवलपरासीमा रहेको सयपत्री बचत तथा ऋण सहकारी सस्था लि.को २३औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले सहकारी मार्फत समृद्धिको कुरा गरिरहँदा आफुले प्रतिनिधित्व गरेको सस्थाका सदस्यहरुको सन्तुष्टि र संस्थाले समुदायमा पारेको सकारात्मक प्रभावलाई समेत गणना गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नेतृत्वमा रहेकाहरुले सदस्य र संस्थाको हितमा रही काम गर्नेछौं भनी गरेका बाचा र प्रतिबद्धता के कति पुरा गर्यौं, त्यो आत्मा समिक्षा गर्ने बेला भएको छ ।’ सिङ्गो अभियान सुदृढीकरणका लागि नेतृत्वको भूमिका अहम हुने भएकोले नेफ्स्कूनले प्रदेशस्तरी नेतृत्व पुनःजागरण कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी गराउनुभयो ।  

सयपत्री साकोसको भदौ मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयर पूँजी ४ करोड २७ लाख ८० हजार रुपैंयाँ तथा ३५ करोड ११ लाख १७ हजार ६७६ रुपैयाँ बचत रहेको साकोसका व्यवस्थापक टिकाराम तिमिल्सिनाले जानकारी गराउनुभयो । 

साकोसको जगेडा कोषमा २ करोड ४४ लाख ५९ हजार २८३ रुपैयाँ र अन्य कोषमा २ करोड ४२ लाख ३४ हजार १८१ रुपैयाँ रहेको जनाइएको छ । साथै ३५ करोड ६८ लाख ८४ हजार ७०८ रुपैयाँ ऋण लगानीमा रहेको जनाइएको छ ।

७ करोड ४१ लाख ८९ हजार ५१४ रुपैयाँ तरलता रहेको साकोसमा ४५ करोड २८ लाख २६ हजार ९१९ रुपैयाँ कूल सम्पती रहेको छ । साकोसमा ३ हजार २ सय ८७ जना सदस्य मध्ये ९सय ७४ जनाले ऋण सेवा लिएका छन् ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र