शुक्रबार, वैशाख २१
०३:२२

नालाछाप प्रगतिशिल महिला साकोसको २२औं वार्षिक साधारणसभा सम्पन्न, एसईई उत्तीर्ण २६ बालबचतकर्ताहरुलाई सम्मान 

आईतबार, असोज ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ताथलीमा रहेको नालाछाप प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसकी अध्यक्ष एवं नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्रको अध्यक्षतामा आयोजित सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईंले गर्नुभएको थियो । 

साधारणसभामा साकोसका अध्यक्ष लगायत प्रमुख अतिथि र  अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा साकोककी कोषाध्यक्ष मिरा वाग्ले थापाले कोषाध्यक्षको प्रतिवेदन, सचिव महेश्वरी बरालले सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिकी संयोजक सरस्वती के.सी. ले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

२०५८ साल फागुन २७ गते दर्ता भएको महिलाद्वारा सञ्चालित नालाछाप प्रगतिशिल महिला साकोसमा गत आ.व.को मसान्तसम्म १ हजार ८ सय २५ शेयर सदस्य र ४ सय ९५ बाल बचतकर्ता रहेका छन ।

साकोसको शेयर पुँजी रु. ८६ लाख ९८ हजार ५ सय, बचत रु. ७ करोड ५९ लाख ८० हजार ७ सय ७५, कर्जा लगानी रु. ७ करोड ४१ लाख १ हजार २३५ र कुल सम्पत्ती तथा दायित्व रु. ९ करोड ३२ लाख ९१ हजार ६ सय ८७ रहेको साकोसकी व्यवस्थापक भवानी खड्काले जानकारी गराउनुभयो । 

साकोसले साधारणसभाको अवसरमा जेष्ठ महिला सदस्य ३ जनालाई सम्मान गरेको थियो । त्यसैगरि एकल महिला सदस्य ३ जना, असल बचतकर्ता सदस्य २ जना, असल ऋणि सदस्य २ जना, उत्कृष्ट शेयर खरिदकर्ता १ जनालाई सम्मान गरेको थियो भने एसईई उत्तीर्ण २६ जना बाल बचतकर्ताहरुलाई उज्ज्वल भविष्यको कामना सहित सम्मान गरेको थियो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र