शुक्रबार, वैशाख २१
०४:४८

सामाजिक उत्तरदायित्वको कार्यक्रम सहित सगुन साकोसको २४औं वार्षिक साधारणसभा सम्पन्न

आईतबार, असोज ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । मधेस प्रदेश–सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा संविधान सभा सदस्य पुर्व रक्षा मन्त्री तथा संघीय सांसद हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सांसद जवारलाल कुशवाह र हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, पुर्व मधेस प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती, नेफस्कूनको सञ्चालक हरेराम पट्टेल, जिल्ला बचत संघको अध्यक्ष मन्दिरा आचार्य, संस्थाको संस्थापक अध्यक्ष बाबुराम घिमिरेको विशिष्ट आतिथ्यतामा हरिवन सहकारी सञ्जालका संयोजक राम प्रसाद घिमिरे, वडा नं. ४ को वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख केशवराज थापा लगायतको आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

आ.वा ०७९/०८० मा संस्थाले १ अर्व ५१ करोड कारोवार गर्दै ४ करोड २६ लाख नाफा गरि ११.३४ प्रतिशत शेयर लाभांश सहित आ.व. ०८०/०८१ को बजेट तथा कार्यक्रम पारित गरेको हो ।

संस्थाको उपाध्यक्ष तारादेवी सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष विनोद कार्कीले वित्तीय अवस्था र सञ्चालन सचिव राजकुमार उप्रतीले गर्नुभएको थियो ।

साथै संस्थाको सामाजिक उत्तरदायित्व अन्तरर्गत प्रादेशिक रक्त सञ्चार भरतपुरको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा सदस्यहरुबाट १०५ पिन्ट रगत संकलन गरिएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र