शुक्रबार, वैशाख २१
१२:४६

अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड

आईतबार, असोज ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको ८औं वार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालको अध्यक्षता तथा भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरको  प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै नगर प्रमुख मानन्धरले सहकारीका माध्यमबाट नै आर्थिक समृद्धि हुने भएकोले सहकारीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताउनु भएको थियो । उहाँले शेयर सदस्यले आफ्नो गाँस कटाएर जम्मा गरेको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनु पर्ने र सदस्यहरूको जीवन परिवर्तन गर्न भूमिका खेल्नु पर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मानन्धरले आर्थिक संकटको अबस्थामा सहकारीहरुले रचनात्मक भूकिका खेल्नुपर्ने समेत बताउनुभयो ।

साधारणसभामा कार्यक्रममा विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि, (नेफ्स्कून) का सञ्चालक समिति सदस्य जीवसराज खड्काले अर्थभूभि साकोस जिल्लाकै अग्रणी संस्था रहेको बताउनुभयो । उहाँले अर्थभूमि साकोस छोटो समयमा नै शेयर सदस्यको मन जित्न सफल उत्कृष्ट सहकारी संस्था रहेको र सहकारीको मूल्य र मान्यतामा रहेर सञ्चालन गरिएको पाइएको बताउनुभयो । साथै उहाँले संस्थाको आर्थिक प्रगतिको प्रसंशा समेत गर्नुभएको थियो  ।

कार्यक्रमका अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष देवीप्रसाद शर्मा लगायतले मन्तव्य राख्दै स्थानीय सरकारले आफ्नो स्थानीय तहमा सञ्चालित सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्नुपर्ने र स्थानीय तहहरुले संस्थाका कामहरुमा आवश्यक सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सभामा सहकारीका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले संस्थाको कूल पूँजी ३५ करोड २३ लाख ८४ हजार ४ सय ६८  रुपैंया रहेको जानकारी दिनुभयो । कोषाध्यक्ष श्रेष्ठले आर्थिक वर्षमा संस्थाले कुल ३ करोड ७० लाख ६ हजार ७४४ रुपैँया आम्दानी गरेको बताउनुभयो । संस्थाको शेयर पूँजी २ करोड ७४ लाख ४८ हजार १०० रहेको छ ।

कार्यक्रममा संस्थाका सचिव ध्रुब सापकोटाले संस्थाको सञ्चालक समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका सचिव ध्रुब सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमा उपस्थित अतिथिहरुलाई संस्थाका उपाध्यक्ष यज्ञ खत्रीले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नियमित बचतकर्ता, उत्कृष्ट ऋणी, बालबचतकर्ता लगायत पूर्व सञ्चालक तारानाथ चौलागाई र संस्थाका व्यवस्थापक मनकुमार श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाले दोलखा जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई सदस्यहरुलाई सेवा दिँदै आएको छ भने आ.व. ०७९/८० को अन्त्य सम्म जम्मा शेयर सदस्य ३ हजार ९ सय १५ जना तथा बाल बचतकर्ता ८ सय ३३ जना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालले जानकारी दिनुभयो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र