बिहीबार, वैशाख २०
०९:५४

बाबियाखर्क साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यको नियमित बचतमा साकोसको जोड

आईतबार, असोज ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि को २७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समुदायमा आधारित भएर सञ्चालित बाबियाखर्क साकोस २०८० आषाढ मसान्त सम्ममा आइपुग्दा काठमाडौंको जोरपाटीमा सदस्य सेवा केन्द्र स्थापना गरी हाल ४ हजार १ सय ७८ शेयर सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदैं ४२ करोड ८५ लाख ५० हजार २ सय ३२ रुपैंया पूँजी संकलन गर्न सफल भएको छ । 

साधारणसभाका अवसरमा संस्थाका सचिब हरिप्रसाद घिमिरेले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गोबिन्द प्रसाद घिमिरेले लेखा सुपरिवेक्षणको प्रतिवेदन मार्फत संस्थाका गतिविधिहरुको जानकारी गराउनु भएको थियो । 

उक्त साधारणसभाको प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघ लि नेपालका अध्यक्ष मीनराज कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्याएको योगदानको चर्चा गर्नुहुदै सदस्य र संस्था दुबैका लागि क्रमिक प्रकृतिका बचत गर्नु पर्नेमा जोडदिनुभयो । साथै उहाँले बाबियाखर्क साकोसले आयोजना गरेका सदस्य लगायत सामाजिक कृयाकलापहरुले सहकारी प्रतिको धारणा सकारात्मक बनाउन सहयोग पुगेको बताउनुभयो । 

त्यसैगरी अतिथिको रुपमा शुभकामना मन्तब्य दिनुहुदै का.म.पा. वडा नम्बर ३१ का वडा अध्यक्ष सरोज ढकालले कुनैपनि सहकारीमा सदस्य बन्दा उक्त सहकारीको वारेमा बुझेरमात्र सदस्यता लिएर आर्थिक कारोबार गर्नपर्ने धारणा राख्नुभयो ।

सो कार्यक्रममा का.म.पा. वडा नम्बर ३१ का वडा सदस्य अशोक के सी ले बाबियाखर्क साकोसले हाल भईरहेको साखलाई कायम राख्दै अझै सदस्यमुखी कार्यक्रमहरु गरी समूदायमा सदस्यको विश्वास जितेर गुणस्तरीय सेवा प्रदान गरी अगाडि बढ्न सुझाव दिनु भएको थियो ।

सोहि अवसरमा सहकारी विज्ञ केशब बहादुर थापाले सदस्यसँग सहकारी भएमा सदस्यलाई र संस्था दुबैलाई समस्या नपर्ने धारणा व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा संस्थामा आ.व. २०७९।०८० को अवधिमा  विभिन्न विधाहरुमा योगदान गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । वार्षिक साधारणसभामा कबि बलराम दाहालले कबिता वाचन गरी मनोरञ्जन गराउनु भएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र