बिहीबार, वैशाख २०
०८:५६

कैलालीको तिलाकर्णाली साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न, वास्तविक किसानसमक्ष कृषि अनुदान पुग्नुपर्ने माग

आईतबार, असोज ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कैलाली । तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष रण  बहादुर भाण्डारीको अध्यक्षतामा कैलालीको घोडाघोडी नगरपालिका २ साँडेपानिमा  सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा राज्यमन्त्री चौधरीले ‘कृषि अनुदानमा पहुँचवालाकै हालीमुहाली हुने भएकाले वास्तविक किसान अनुदानबाट वञ्चित हुनु परेको’ भन्दै अनुदानमा देखिएको विद्यमान अवस्थालाई निरुत्साहित गरी वास्तविक किसान समक्ष अनुदान पुर्याउन प्रभावकारी अनुगमन गर्नुपर्ने बताउनुभयो ।

२०६८ सालमा स्थापना भएको तिला कर्णालीले छोटो समयमै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । सहकारीले ३२ जना शेयर सदस्यहरूको १२ हजार पाँच सय २५ रुपैयाँ शेयर पूँजी र नियमित ५० रुपैयाँ बचत गरि दुई लाख ५० हजार रुपैयाँबाट कारोबार सुरु गरेको थियो । सहकारीका हाल सम्म २ हजार १ सय ११ जना शेयर सदस्य छन्  भने  ११ करोड ७३ लाख २२ हजार रुपैंया बराबरको आर्थिक कारोबार गर्दै आएको छ । सहकारीले ग्रामीण समुदायमा छरिएर रहेको पुँजीलाई सहकारीका माध्यमबाट एकीकृत गरी सदस्यहरूको जीवनस्तर माथि उकास्ने मुख्य ध्येय राखेको तिला कर्णाली बचत तथा ऋण सहकारीका व्यवस्थापक लाल बहादुर भण्डारीले बताउनुभयो ।

कार्यक्रममा राज्यमन्त्री चौधरी सहित सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरी, घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत, उपप्रमुख गुलिया कुमारी चौधरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। धनगढी सेवा केन्द्र प्रमुख योगेश बोहरा लगायत सहकारी अभियान्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारीले दैनिक बचत, बाल बचत, ऐच्छिक बचत, आवधिक बचत, सदस्य सुरक्षण र सुपर सेभिङका उत्कृष्ट बचतकर्तालाई सम्मान समेत गरेको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र