शुक्रबार, जेठ ४
०४:२१

‘बैंकक घोषणा’ को फोकस एरिया र उपलब्धी सम्बन्धमा नेफ्स्कून कर्मचारीबीच अन्तरक्रिया

शुक्रबार, असोज ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । एशियाभरका ऋण सहकारीकर्मीहरुद्वारा हस्ताक्षरित ‘बैंकक घोषणा’, २०२२ का सम्बन्धमा आज नेफ्स्कून उच्च व्यवस्थापन र कर्मचारीहरुबीच यसको फोकस एरिया र उपलब्धीका सम्बन्धमा अन्तरक्रिया गरिएको छ । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले अक्कू फोरम २०२३ को समापन भएसँगै फोरममा छलफल भएका विषयवस्तुहरु सहित १० बुँदे ‘बैंकक घोषणा’ का बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गर्नुभएको हो । 

घोषणामा उल्लेखित सहकारी मार्फत सदस्यहरुको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न वित्तीय पहुँच अभिवृद्धि, जलवायु परिवर्तनका प्रभाव व्यवस्थापनका लागि जनचेतना विकास, वित्तीय शिक्षा, सदस्यहरुमा रोजगारी सृजना, सुरक्षित संस्था विकास, सदस्यहरुमा धन सृजना लगायतका क्षेत्रमा सहकारीको योगदानबारे समिक्षा गरिएको थियो । त्यसैगरी एकीकृत सञ्जाल व्यवस्थापन, सदस्यहरुमा वित्तीय स्वस्थता, सहकारीमा युवा तथा महिला सशक्तिकरण, सहकारीको अन्तरपुस्ता हस्तान्तरण, प्राविधिकीकरण, नेतृत्व बुटक्याम्पको आवश्यकता, साकोस एकीकरण रणनीति विकास लगायतका विषयहरुमा केन्द्रीय संघको भूमिकाका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले प्रष्ट्याउनुभएको थियो भने साकोस सुदृढीकरणका लागि एकीकृत प्रविधि विकास मार्फत सञ्जालीकरणको विषयमा संघको आगामी कार्यदिशा बारे मार्गनिर्देश गर्नुभएको थियो । 

त्यसैगरि संघका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले ‘बैंकक घोषणा’ कार्यान्वयनको सबालमा संघको भूमिका र संघ मार्फत नेपालको बचत तथा ऋण सहकारी संस्थाहरुमा भएको अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अक्कू फोरम २०२३ मा नेपालको बचत तथा ऋण सहकारी अभियान अन्तर्गत संघले गरेको अभ्यासबारे फोरममा राख्नुभएको प्रस्तुतीकरणका सम्बन्धमा कर्मचारीहरुलाई जानकारी गराउँदै संघको अबको कार्यदिशा बारे प्रष्ट्याउनुभएको थियो । 

२०२२ अगस्ट ३० मा थाइल्याण्डको बैंकककमा आयोजित एशियाली ऋण महासंघ (अक्कू) को फोरम, २०२२ ले १० बुँदे ‘बैंकक घोषणा’ जारी गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र