शुक्रबार, जेठ ४
०१:०१

नेफ्स्कून र कूलरकबीच सहकार्यको सहमति

मंगलबार, असोज २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा ताइवानी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ (कूलरक) बीच द्धिपक्षीय सहकार्य सम्बन्धी औपचारिक सहमति भएको छ । एशियाली ऋण महासंघ अकूले काठमाडौंमा आयोजना गरेको एशियाली क्रेडिट युनियन फोरम २०२३ मा सहभागी हुन आएको कुलरक प्रतिनिधिमण्डल र नेफ्स्कूनबीच असोज १ गते संघको केन्द्रीय कार्यालयमा आपसी सम्बन्धको विषयलाई लिपिबद्ध गर्दै अघि बढ्ने सहमति भएको हो । भविष्यमा यो सम्बन्धका इन्द्रेणी आयामहरु विकास गर्दै लान सकिने विश्वास पनि दुबै पक्षले व्यत्तः गरेको छ ।

नेफस्कूनका अध्यक्ष परितोष पौड्याल र कूलरककी अध्यक्ष ली चुङ फोडले द्धिपक्षीय सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृतहरु सञ्जयराज तिमिल्सिना, गणेश प्रसाद तिमल्सिना तथा राधेश्याम श्रेष्ठ लगायतको उपस्थिति थियो । यसैगरी, कूलरकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वाङ युङ यु, प्रशासन प्रमुख काङ चिन मिन तथा सूचना प्रविधि अधिकारी चेन हान वेन पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले यो सहमतिले दुबै केन्द्रीय निकायबीच असल अभ्यासहरुको आदानप्रदानका साथै भाइचारा प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । कुलरकसँग सहकार्य सम्बन्ध स्थापनाको अवसरलाई खुसीको क्षणका रुपमा लिदैं उहाँले यो सम्बन्धलाई प्रगाढ बनाउन नेफ्स्कून सधै प्रतिबद्ध रहने बताउनुभयो । साथै उहाँले नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध अबका दिनमा थप मजबुत हुने र यसले संघको छवि थप उजिल्याउने समेत बताउनुभयो । 

ताइवानी बचत तथा ऋण केन्द्रीय सहकारी संघ स्थापनाको ६०औं वर्ष प्रवेश गरेको अवसरमा नेफ्स्कून र कूलरकबीच औपचारिक सहकार्यको संयोग जुरेको हो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र