शुक्रबार, जेठ ४
०३:११

ठेचो महिला जागरण साकोसको १५औं वार्षिक साधारणसभा तयारी, नीतिगत सुझाव संकलनका लागि सदस्य भेला आयोजना

मंगलबार, भदौ २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर  ।  ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई  लक्षित गरी संस्थाको १५ औं वार्षिक साधारणसभा तयारी गरेको छ । साधारणसभाको पूर्व सन्ध्यामा साकोसले भदौ २५ गते नीतिगत सुझाव संकलनका लागि एकदिवसीय विस्तारित सदस्य भेलाको अयोजना गरेको  थियो । 

गोदावरीमा आयोजित भेलाको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मीतारा डंगोलले गर्नुभएको थियो । सदस्य भेलामा नेफ्स्कूनका तालिम अधिकृत कोमलराज अधिकारीले सहजकर्ताको रुपमा साकोसका सदस्यहरुको भूमिका, कर्तव्य एवम् जिम्मेबारी तथा वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तुतिका क्रममा सहजकर्ता अधिकारीले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दिगो र तीब्र गतिमा अगाडी बढाउन नीति, विधि र प्रविधि आवश्यक भएको र नेफ्स्कूनले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सहकारीका आधार मूल्यहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

उल्लेख्य संख्यामा सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रममा संस्थाको शेयर पूँजी बृद्धि गर्न शेयर कारोबार गर्ने सदस्यहरुलाई र संस्थाबाट कर्जा लिई नियमित साँवा र व्याज भुक्तानी गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाले नेफ्स्कूनको प्रोबेशन कार्यक्रममा आबद्ध भई आ.व २०७८।७९ को प्रोबेशन ब्राण्ड प्राप्त गरेको थियो ।

२०६५ सालमा स्थापना भएको ठेचो महिला जागरण साकोसमा हाल ३ हजा ४० शेयर सदस्य छन् । साकोसको शेयर पुँजी रु.१ करोड ४६ लाख २२ हजार र कुल सम्पत्ति रु. १३ करोड ९१ लाख २१ हजार रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र