शुक्रबार, जेठ ४
०२:४१

बर्दिबासमा मधेश प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम उद्घाटन

मंगलबार, भदौ २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

महोत्तरी । नेफ्स्कूनको आयोजनामा मधेश प्रदेशस्तरीय नेतृत्व पुनःजागरण कार्यक्रम महोत्तरीको बर्दिबासमा शुरु भएको छ । संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको छ । कार्यक्रमका अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईं, जिल्ला सहकारी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष खेम सुवेदी, नेफ्स्कूनका सञ्चालक हरेराम प्रसाद, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सीना लगायत प्रदेश भित्रका विभिन्न जिल्ला बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरु, व्यवस्थापकहरु र स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको छ । 

साकोस अभियानको नेतृत्वको पुनः जागरण कार्यक्रम सहजीकरण संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सीनाले गर्नुभएको छ । 

संघको बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत तय भएको साकोस अभियानको नेतृत्वको पुनः जागरण कार्यक्रम भदौ ११ गते सुदूरपश्चिको धनगढीबाट शुरु भई  कर्णालीको सुर्खेत, कोशीको सुनसरी, बागमती प्रदेश अन्तर्गत चितवन र बनेपा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र मधेश प्रदेशको बर्दिबासमा गरी आज समापन हुँदैछ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र