शुक्रबार, जेठ ४
०४:४८

एशियन क्रेडिट युनियन (अक्कू) फोरम–२०२३ काठमाडौंमा शुभारम्भ, प्रि फोरम सञ्चालन हुँदै

सोमबार, भदौ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । एशियन क्रेडिट युनियन (अक्कू) फोरम, २०२३ Building Credit Union  Momentum:  Purpose, People and Passion भन्ने मुल थिमका साथ द सोल्टी होटल काठमाडौंमा शुरु भएको छ । फोरमको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले गर्नुभएको थियो । सहभागीहरुलाई स्वागत मन्तव्य संघका अध्यक्ष परितोष पौड्यालले राख्नुभएको थियो । 

एशियाली ऋण महासंघ (अक्कू) को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्राविधिक सहजीकरणमा २०२३, सेप्टेम्बर ११ देखि १७ सम्म  फोरम सञ्चालन हुनेछ ।

कार्यक्रम उद्घाटन समारोहमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, अक्कूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोके, अक्कूका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, सञ्चालक गोमा नेपाल, प्रमुख कार्यकारी अधिकृत शिवजी सपाकोटा, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेति, प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं लगायतको सहभागिता रहेको छ । 

फोरम सहभागिताका लागि एशियाली ऋण महासंघका प्रतिनिधिसहित १९ सदस्य राष्ट्रका सहकारीकर्मीहरु र नेपालका विभिन्न जिल्लाबाट सहकारीकर्मीहरुको उपस्थिति रहेको छ ।

 अक्कुको प्रि फोरममा CEOs Workshop, Asian CU Executive Society (ACUES), Asian CU Network of Emerging Leaders (ACUNEL) र  Gender Workshop  गरी फरक फरक ४ वटा सत्रहरु सञ्चालन हुनेछन् भने कार्यक्रममा एसियाली ऋण महासंघको ४२औं साधारणसभा समेत हुनेछ । फोरममा सहभागी प्रतिनिधिहरुले काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकका केही उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाहरुको अवलोकन भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ । 

एशियाली क्रेडिट युनियनको सबैभन्दा महत्वपूर्ण भेलाको रुपमा रहेको अक्कु फोरम नेपालको प्रायोजनमा तेस्रो पटक आयोजना भएको हो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र