शुक्रबार, जेठ ४
०३:१२

जापानी सहकारी अध्ययन अवलोकन भ्रमण टोलीलाई नेफ्स्कूनद्वारा विदाई 

शनिबार, भदौ २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जापानको कृषि सहकारीको शीर्षस्थ संघ JA ZENCHU सँगकोे समन्वयमा नेपालबाट सहभागी हुेन जापानी सहकारीको अध्ययन अवलोकन भ्रमण टोलीलाई नेफ्स्कूनका पदाधिकारीहरुद्वारा विदाई तथा अवलोकन भ्रमण सफलताको शुभकामना प्रदान गर्नुभएको छ । 

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा गएको भ्रमण टोलीले यही सेप्टेम्वर १० देखि १६ सम्म जापानका विभिन्न संघ/संस्थाका असल अभ्यासहरूको अध्ययन अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न ८ जिल्लाका १६ जना सहकारीकर्मीहरूको सहभागिता रहेको छ । महासंघका सञ्चालक तथा संघीय सांसद तारा लामा तामाङको नेतृत्वमा गएको भ्रमण टोलीमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक माधव प्रसाद जोशी, घनश्याम अधिकारी, चण्डी प्रसाद शर्मा पौडेल, जिवसराज खड्का, प्रोस्कुन, जिल्ला सहकारी संघ र प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

नेपाली सहकारीकर्मीहरुको लागि पहिलो अध्ययन अवलोकन भ्रमणको रुपमा रहेको जापानमा सहकारीकर्मीहरुले जापान स्थित JCA, JA ZENCHU, JCCU, IDACA, सहकारी चिया उद्योग, सहकारी पेट्रोल पम्प लगायतका महत्वपूर्ण स्थानहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र