शुक्रबार, जेठ ४
०३:४१

जनसेवा साकोसको तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम

शुक्रबार, भदौ २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पोखरा। जनसेवा बचत तथा ऋण सहकारी संस्थाले ३१औं स्थापना दिवस एवम् हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम भएको छ।

महिला विकासमा सहकारी विषयमा बुधबार पोखरा –१९ पुरुन्चौरमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा शिव पुरी आमा समुह दोश्रो हुन सफल भएको छ भने लाली गुराँस आमा समूह तेश्रो भए। त्यसैगरी सीप विकास आमा समूह र लाली गुराँस आमा समूह (टाकुरा)चौथों भएको छन्।

प्रतियोगितामा प्रथम हुनेले रु १० हजार ,दोश्रो हुनेले रु ७ हजार पाँच सय,तेस्रो हुनेले रु ५ हजार र सान्त्वना हुनेले रु ३ हजार साथै उत्कृष्ट नृत्यले रु १ हजार र प्रमाणपत्र प्राप्त  गरेका थिए ।
उत्कृष्ट नृत्यमा जागृति आमा समुह साथै बाल प्रतिभा सुदिक्षा अधिकारी र आयुसा बराललाई पनि पुरस्कार प्रदान गरिएको जनसेवा साकोसका व्यवस्थापक प्रेमसागर अधिकारीले  जानकारी दिनुभयो ।

प्रतियोगितामा पोखरा –१९ भित्रका १५  वटा आमा समुह वीच प्रतिस्पर्धा भएको थियो।

निर्णायक समितिमा संयोजक लोक गायिका एवम् साहित्यकार अम्बिका भण्डारी, सदस्यमा जनसेवा साकोसका शिक्षा उपसमितिका संयोजक बिष्णु कुमारी आचार्य र प्राध्यापक कृण्ण प्रसाद आचार्य रहनुभएको थियो।

सहभागी सम्पुर्ण टिमलाई रु १ हजार र सहभागीताको प्रमाणपत्र प्रदान गरिएको जनसेवा साकोस शिक्षा उप समितिका संयोजक विष्णु कुमारी पौडेल आचार्यले जानकारी दिनुभयो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले तीज पर्वले महिला शसक्तिकरणको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

पछिल्लो समय तीजको मौलिकता माथि प्रहार भएको भन्दै उहाँले तीज पर्वको मौलिकता जोगाउन सबै हिन्दु नारी एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।सहकारीले महिलाको आर्थिक शसक्तिकरणको सवालमा महत्त्वपूर्ण भुमिका खेल्न सक्ने उहाँको भनाइ थियो। 

उहाँले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले गण्डकी प्रदेशवाट सहकारीको उत्कृष्ट ब्यबस्थापक हुन सफल भएकोमा जनसेवा साकोसका ब्यबस्थापक प्रेमसागर अधिकारी लाई बधाई दिदै आगामी दिनमा सहकारीकर्मीले अवलोकन गर्न योग्य सफल सहकारीका रुपमा  विकास हुदै जान सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।सहकारीकर्मीले बैकमा नभई सहकारीमै कारोवार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनसेवा साकोसका अध्यक्ष चेतनाथ गौतमले सहकारीले समुदायका सुख दुखमा साथ दिने गरी काम गरेको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौरमा मुख्य कार्यलय रहेको सहकारीमा २ हजार २ सय १४ जना सदस्य रहेका छन्।सहकारीको पोखरा –१ ट्याक्सी चोकमा सेवा केन्द्र रहेको छ। 

जनसेवा साकोसका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उप समितिका संयोजक बिष्णु कुमारी आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव दान बहादुर भुजेलले गर्नुभएको थियो।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र