शुक्रबार, जेठ ४
०१:०१

नेफ्स्कूनका अध्यक्ष र पूर्व अध्यक्ष प्रधानाङ्गबिच शुभकामना आदानप्रदान 

बिहीबार, भदौ २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनका पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गले संघका अध्यक्ष परितोष पौड्याल र नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई बधाई तथा शुभकामना दिनुभएको छ । संघ ३६औं बर्ष प्रवेश गरेको सुखद उपलक्ष्य र सापकोटा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको प्रति खुसी व्यक्त गर्दै पूर्व अध्यक्ष प्रधानाङ्गले बचत तथा ऋण सहकारी अभियानको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । यससँगै पूर्व अध्यक्ष प्रधानाङ्गले नेतृत्व प्रदान गरिरहनुभएको प्रारम्भिक संस्था सहयोगी बचत तथा ऋण सहकारी संस्थाको भाद्र १९ गते सम्पन्न ३२औं बार्षिक साधारणसभाको खुसीयाली समेत संघका अध्यक्षसमक्ष साट्नुभएको थियो । करिब डेढ दशक नेफ्स्कूनको नेतृत्वमा रहेर बचत तथा ऋण सहकारी अभियानको विकास र प्रवर्धनमा अहोरात्र खटिनुभएका प्रधानाङ्ग सहकारी अभियानको जीवन्त इतिहास हुनुहुन्छ । 

मध्यपुर थिमि नगरपालिकामा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं बार्षिक साधारणसभा भाद्र १९ गते सम्पन्न भएको हो । साकोसका अध्यक्ष  कैलाशभक्त प्रधानाङ्गको अध्यक्षतामा आयोजित सभाको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

सूर्यविनायक, चागुँनारायण र मध्यपूर थिमि नगरपालिका कार्यक्षेत्र रहेको संस्थामा प्रधानाङ्गको नेतृत्वमा ७ सदस्यीय सञ्चालक समिति, उषा प्रजापतिको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति छ भने ३ जना कर्मचारी छन् । 

सहकारीको अपरिहार्यताः इमान्दारिता र पारदर्शिता भन्ने मुल मन्त्र बोकेको संस्था २०४८ सालमा संघ संस्था ऐन २०३४ बमोजिम आत्मनिर्भर संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको थियो । पछि २०५० साल असार २३ गते जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको थियो । 

हाल ३१५ सदस्य रहेको संस्थामा ४८ लाख १७ हजार ५ सय शेयर पुँजी, ७ करोड ४८ लाख बढी निक्षेप संकलन रहेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कार्यक्रमहरु मध्ये सबैभन्दा महत्वपूर्ण कार्यक्रम नियमित बचतको कार्यक्रम रहेको अध्यक्ष प्रधानाङ्ग बताउनुहुन्छ । आ.व. २०७९/०८० मा नियमित बचत संकलन रु. २३ लाख २७ हजार ५४ रुपैंया भएको थियो भने बचत फिर्ता जम्मा रु. १६ लाख ५ हजार १२५ भएको संस्थाले जनाएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र