शुक्रबार, जेठ ४
०१:२१

सिद्धि गणेश साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन

बिहीबार, भदौ २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । सिद्धि गणेश साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम भक्तपुरको नगरकोटमा सञ्चालन भएको छ । साकोसका अध्यक्ष रुद्र नारायण लाखाको अध्यक्षतामा आयोजित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन सहित २० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिना र तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ । तालिम भाद्र २१ देखि २४ गतेसम्म चल्नेछ । 

तालिम शुभारम्भका अवसरमा बोल्दै साकोसका अध्यक्ष लाखाले नेतृत्व निरन्तर रुपमा शिक्षत भईराख्नुपर्ने हुँदा सिकाइको निरन्तरता अपरिहार्य रहने बताउनुभयो । तालिम तथा सिकाईबाट नेतृत्वले संस्थालाई जस्तोसुकै चूनौतिका बिचमा पनि सुव्यवस्थित तरिकाले जोखिम व्यवस्थापन गर्दै सञ्चालन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुमा सहकारी प्रति गुम्दै गएको विश्वासलाई पुन जागरण गर्ने विषयमा समेत तालिम उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

तालिम शुभारम्भ कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद दुमरुले र स्वागत मन्तव्य उपाध्यक्ष विष्णु राम दुमरुले गुर्नभएको थियो । 

वि.संं. २०५१ सालमा भक्तपुरमा स्थापना भएको सिद्धिगणेश साकोसमा १६ हजार ३ सय ८७ शेयर सदस्य छन् । साकोसको कुल सम्पत्ति २ अर्ब ८२ करोड रहेको छ । ३४ कर्मचारी कार्यरत रहेको उक्त साकोस विगत २०६७ देखि एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनबाट सञ्चालित एक्सेस कार्यक्रममा निरन्तर अभ्यासरत छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र