शुक्रबार, वैशाख १४
११:१७

सुर्खेतको जनकल्याण साकोसको २५ औं साधारण सभा सम्पन्न    

सोमबार, कात्तिक ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेत । जिल्ला स्थित जनकल्याण बचत बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ । यस वर्ष कोरोना भाइरसको महामारीका कारण सदा झैं साधारण सभा गर्दा मानव स्वास्थमा जोखिम हुने भएकोले सहकारी बिभागको सूचना तथा छाता संगठनको निर्देशिकाका आधारमा संस्थाले “महामारीमा साधारण सभा सञ्चालन सम्वन्धि कार्यविधि–२०७७” निर्माण गरी साधारण सभा सम्पन्न गरेको व्यवस्थापक खुमलाल न्यौपानले बताउनुभयो । 

असोज २४ गतेदेखि असोज २९ गतेसम्म सदस्यहरुको उपस्थिति खुला गरिएको थियो भने सोही अवधिमा सदस्यहरुस सुझाव तथा टिप्पणी संकलन गरिएको थियो । असोज ३० गते बिहान टीप्पणीकर्ता सदस्यहरुसग छलफल गरी सोही दिन निर्णय प्रमाणित गरी साधारण सभा सम्पन्न गरिएको व्यवस्थापक न्यौपानेले जानकारी गराउनुभयो । असोज १९ गतेदेखि २३ गतेसम्म वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन र नीति तथा कार्यक्रम स्थानीय जागरण एफएम ९०.८ मेगाहर्जबाट प्रसारण गरिएको थियो । साधारण सभामा ७१.५२ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र